Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौँ – हरेक महिनाको दोस्रो बुधवार नेपाल ललितकला पत्रकार समाजले आयोजना गर्दै आएको ‘कलाका कुरा’ को ८ औं श्रङ्खला नेपाल आर्ट काउन्सिलमा सम्पन्न भएको छ ।

यस श्रङ्खलामा कलाकार तथा कलालेखक मदन चित्रकारसँग कला पत्रकारिता, कलाको इतिहास लेखन तथा समीक्षाका विषयमा छलफल गरिएको हो । नेपालमा कला पत्रकारिता र लेखनको इतिहास त्यत्ति लामो छैन । कला लेखनको कमीका कारण नेपाली कलाको जति व्यापकता हुनपर्ने हो त्यत्ति हुन नसकेको बताउँदै चित्रकारले भन्नुभयो,‘नेपाली कला लेखनको इतिहास त्यत्ति लामो छैन ।

नेपाली कलाको जति चर्चा हुनुपर्ने हो सो हुन नसक्नुमा कला लेखनको कमीले भएको हो ।’ नेपाली कलाको लामो परम्परामा कला लेखन कार्यलाई खासै चासो नदिएकोमा उनले दुखेसो समेत पोख्नुभयो । नेपाली ललितकला पत्रकारिताका विषयमा चित्रकारले पहिलाभन्दा अहिले विकास भएको र सन्तोष गर्ने अवस्था आएको पनि उँहाको भनाइ थियो । उँहाले भन्नुभयो, ‘कला पत्रकारिताले जति फड्को मार्नुपर्ने हो त्यत्ति मार्न नसकेपनि अहिले कलाको समाचार एवम् फिचरहरु आइरहेको छ ।

यो कला क्षेत्रकै लागि सकारात्मक कुरा हो ।’ कार्यकममा अग्रज पौभा कलाकार लोक चित्रकारले परम्परागत कलाको विकासमा राज्य अनुदार जस्तै देखिएको बताउनुभयो । कार्यक्रममा कलाकार सुदर्शन राणा, सञ्जय श्रेष्ठ, पूर्ण रञ्जितकार, नगेन्दप्रसाद पौड्याल, नवेन्द्र लिम्बु, दिवेश प्रधान, केशव राज खनाल लगायतले कला लेखन र कला क्षेत्रका विषयमा जिज्ञासा राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण समाजका महासचिव देवेन्द्र थुम्केलीले गर्नुभएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया