Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौँ – लामो समयदेखि स्थगित महाधिवेशन गर्ने तयारी सुरु भएसँगै नेपाल विद्यार्थी संघमा दुई पक्षबीच विवाद पनि बढ्न थालेको छ । बुधवार बागबजारमा भएको एक कार्यक्रममा दुई पक्षबीच हानाहान नै भएको छ ।

नेविसंघले नै आयोजना गरेको शिक्षासम्बन्धी अन्तक्रियालाई सम्बोधन गरेर प्रमुख अतिथि रहेका रामचन्द्र पौडेल फर्किएलगत्तै दुई पक्षबीच विवाद सुरु भएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । विवाद बढ्दै जाँदा हानाहान भएपछि नेविसंघ केन्द्रीय सदस्य इन्दु शर्मा सामान्य घाइते हुनुभएको छ । नेविंघले ११औँ राष्ट्रिय महाधिवेशनका लागि आठौँपटक प्रयास गरेको छ । तर, प्रतिनिधिहरू फर्जी भएको भन्दै एउटा समूहले विरोध जनाइरहेको छ । पूर्व प्रचार विभाग प्रमुख रामप्रसाद अधिकारीले सात–आठ सय फर्जी प्रतिनिधि बताइएको भन्दै खारेजीको माग गर्नुहुन्छ ।

नेविसंघको वर्तमान नेतृत्वले ६४ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको र त्यहाँबाट प्रतिनिधि चयन भइसकेको जनाएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले २३ देखि २५ साउनसम्म हुने नेविसंघको एघारौँ महाधिवेशन निष्पक्ष हुने बताउनुभएको छ । नेविसंघ नेता कुन्दन काफ्ले नेतृत्वको प्रतिनिधिमण्डलसँग बुधवार भएको भेटमा सभापति देउवाले महाधिवेशनको निष्पक्षतामा आशंका नगर्न आग्रह गर्नुभएको थियो ।

नेविसंघ नेतृत्वले विवाद टुंगिएको बताए पनि ६४ जिल्लामा ६ सयभन्दा बढी नक्कली प्रतिनिधि रहेको उनीहरूको दाबी छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया