Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौँ – अफगानिस्तानमा घटना भएसँगै सरकारले अफगानिस्तान र पाकिस्तानका लागि नेपाली कार्यबाहक राजदूत तीर्थराज अर्याललाई काबुल जान निर्देशन दियो ।

मृतकलाई स्वदेश फकाएर घाइतेको उपचारको प्रवन्ध गर्ने र नेपालीको समग्र अवस्था बुझेर विवरण पठाउने जिम्मेवारी सहित उँहा मंगलबार काबुल पुग्नसभो । सरकारी निर्देशन अनुसार १२ मृतकको शव बुधवार नेपाल ल्याइएको छ । घाइतेमध्ये पाँचजनालाई उपचारका लागि भारत पठाइएको छ उँहाले भन्नुभयो थप घाइतेलाई पनि पठाउने तारतम्य मिलाइँदै छ । यो काम सकिएपछि आफूले जतिसक्यो नेपालीलाई भेट्ने उँहाले बताउनुभयो ।

नेपालीको अवस्थाबारे अफगान सरकारसँग पनि आफूले कुरा गर्ने उँहाले जनाउनुभएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । अर्यालका अनुसार घटनामा आक्रमणकारीले लामो योजना र पूर्वतयारी गरेका देखिएको छ । उँहा भन्नुहुन्छ,‘ घटना हेर्दा आक्रमणकारी लामो पूर्वतयारीका साथ आएका थिए । उनीहरू क्याल्कुलेटिभ थिए । आक्रमण भएको बसको माथिल्लो भाग र तल्लो भागमा खास केही भएको थिएन ।

बिचको सिसामा मात्रै हमला भएको थियो । त्यहाँको अवस्था हेर्दा हमलाकारीले नेपाली सुरक्षा गार्डको टाउँको ताकेर हानेका थिए ।’

तपाईको प्रतिक्रिया