Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौँ – उपाधि दाबेदार जर्मनी युरोकप फुटबलमा समूह सीको विजेता बनेर दोस्रो चरण प्रवेश गरेको छ ।

गएराति भएको खेलमा नर्दन आयरल्याण्डलाई १–० ले हराउँदै जर्मनी समूह विजेता बन्दै प्रि क्वाटरफाईनलमा प्रवेश गरेको हो । जर्मनीको जितमा २९ औं मिनेटमा मारिओ गोजमेले गरेको गोल नै निर्णायक बन्यो । अधिकांश समय खेल नियन्त्रणमा लिएको जर्मनीले गोल गर्ने धेरै राम्रा मौका खेर फाल्यो ।

यही समूहको अर्को खेलमा युक्रेनलाई १–० ले हराउँदै पोल्याण्ड पनि प्रतियोगिताको ‘अन्तिम १६’ मा प्रवेश गरेको छ । खेलमा पोल्याण्डलाई विजयी गराउन ज्याकुब ब्लाजिकोस्कीले निर्णायक गोल गरे । यो समूहमा तेस्रो स्थान ओगटेको नर्दन आयरल्याण्ड पनि नक आउट चरणमा उक्लिएको छ । युरोकप फुटबल अन्तर्गत समूह डिका खेलहरुमा क्रोएशिया र टर्की विजयी भएका छन् । sp

क्रोएशियाले साविक विजेता स्पेनलाई २–१ ले हराएको हो । खेलका स्पेनका अल्भारो मोराटाले पहिलो गोल गरेपनि क्रोएशियाका निकोला कालिनिच र ईभाँ पेरिसीचले एक–एक गोल गर्दै टोलीलाई जिताएका हुन् । यो जितपछि क्रोएशिया समूह विजेता बन्दै नक आउट चरणमा प्रवेश गर्‍यो भने स्पेन उपविजेतामा सीमित भयो । यही समूहको अर्को खेलमा टर्कीले चेक गणतन्त्रलाई २–० ले हरायो । खेलमा टर्कीलाई विजयी गराउन बुराक ईल्माज र ओजान तुफानले एक–एक गोल गरे ।

जितसँगै टर्कीले नक आउट चरणमा प्रवेश गर्ने सम्भावना जीवित राखेको छ । यी खेलहरुपछि युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गर्ने १२ टोलीको टुंगो लागिसकेको छ । यी १२ टोलीमा फ्रान्स, स्विट्जरल्याण्ड, वेल्स, इंग्ल्याण्ड, स्लोभाकिया, जर्मनी, पोल्याण्ड, स्पेन, क्रोएशिया, ईटाली, हंगेरी र नर्दन आयरलायण्ड छन् । प्रि क्वाटरफाईनलमा ईटालीले स्पेनसँग खेल्नेछ भने स्विट्जरल्याण्ड र पोल्याण्ड भिड्नेछन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया