काठमाडौँ – नेपालमा हवाइ सुरक्षाको जोखिम कायम रहेको भन्दै युरोपियन युनियनले कालो सूचीमा राख्ने निर्णयको यस वर्ष पनि निरन्तरता दिएको छ ।
नेपालले अन्तर्राष्ट्रिय हवाइ उड्यान संगठन (आइकाओ) को सुरक्षा सम्बन्धी मापदण्ड पुरा गर्न नसकेको तथा पछिल्ला वर्षमा भएका २ ठुला दुर्घटनाका कारण देखाउँदै इयुले कालो सूचीलाई निरन्तरता दिएको आजको कारोबार दैनिकमा खबर छ ।
बेल्जियमको ब्रसेल्समा गत महिना सम्पन्न इयु अन्तर्गतको उड्यान आयोग बैठकले नेपालका १८ एयरलाइन्स कम्पनीलाई कालोसूचीमा निरन्तरता दिने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।
ईयूले सन् २०१३ देखि नेपाली हवाई आकाशलाई कालोसूचीमा राख्दै आएको छ ।