Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौँ – ग्यास उद्योगीहरुले भारतबाट ग्यास खरिद अनुमति (पीडीओ) नभर्ने र आपूर्ति रोक्ने धम्की दिए पनि राजधानीमा ग्यासको अभाव नहुने सरकारले स्पष्ट पारेको छ ।

सरकारले एचपी ग्यासको पीडीओ रोक्का गर्ने निर्णय फिर्ता नलिएको विरोधमा नेपाल एलपी ग्यास उद्योग संघले मंगलबारदेखि पीडीओ नभर्ने चेतावनी दिएका थिए । नेपाल आयल निगमले ग्यास कम्पनीहरूलाई उपलब्ध गराउने प्रोडक्ट डेलिभरी अर्डर नभर्ने ग्यास कम्पनीहरूको निर्णयसँगै बजारमा क्रमशः ग्यासको अभाव हुने अवस्था उत्पन्न हुने र कृतिम अभाव सिर्जना गरेर कालोबजारी गर्ने सम्भावनालाई सर्वसाधारणमाझ चर्चा परिचार्चा भइरहँदा आपूर्ति मन्त्रालयले ग्यास अभाव नहुने स्पष्ट पारेको आजको नेपाल समाचार पत्र दैनिकमा खबर छ ।

कम्पनीहरूले अहिलेसम्म भरेको पीडीओअनुरुप ग्यास उठाउन बाँकी रहेको जनाउँदै आपूर्ति मन्त्रालयले तत्काल ग्यास अभाव नहुने जनाएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्दराम रेग्मीका अनुसार पीडीओ भरेअनुरुप ग्यास आउँन बाँकी छ जसले गर्दा बजारमा ग्यासको अभाव हुँदैन ।

तपाईको प्रतिक्रिया