Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौँ – सरकारले अफगानिस्तानको काबुलमा भएको आत्मघाती आक्रमणमा मारिएका नेपालीको शव ल्याउन विमान पठाएको छ । आज बिहान साढे ३ बजे विशेष विमानसहित काबुल गएको टोलीले आजै शव नेपाल ल्याउने छ ।

नेपाल वायु सेवा निगमको एयर बस चार्टर गरी परराष्ट्रको नेतृत्वमा नेपाली सेना र नेपाल प्रहरीको विशेष ब्युरोका अधिकारीसहितको टोली काबुल पठाएको हो । टोली काबुल पुगेर बिहान करिब ७ बजे फर्कने कार्यतालिका रहेको श्रम मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले जानकारी दिनुभयो । परराष्ट्र मन्त्रालयले विमानको क्षमताले भ्याएसम्म अफगानिस्तानमा रहेका स्वदेश आउन इच्छुक नेपालीलाई ल्याउने जनाएको छ । मन्त्रालयका अनुसार निगमको ठुलो विमान चार्टर गरेकाले त्यसमा १२ शवसँगै घाइते र नेपाल आउन इच्छुक नेपाली कामदारलाई समेत ल्याउन सकिने जनाएको छ । hamala

गृह प्रवक्ता सहसचिव यादवप्रसाद कोइरालाका अनुसार परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश सुवेदी र गृहका महेश दाहालसहित वैदेशिक रोजगार प्रर्वद्धन विभाग र पर्यटन मन्त्रालयका एकएकजना प्रतिनिधि टोलीमा रहेका छन् । नेपाली सेनाका दुईजना चिकित्सक, एक जना पारामेडिकल अफिसर र एक जना एयर लाईजन अफिसर टोलीमा रहेका छन्। यस्तै विशेष ब्युरोका एसपी सुदिप गिरीको नेतृत्वमा एक जना डिएसपी र एक जना नायव निरीक्षक टोलीमा छन् ।

अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएको आत्मघाती बम आक्रमणमा १२ नेपाली सहित १४ जनाको मृत्यु भएको थियो । घटनाको प्रभावकारी खोज तथा उद्धारका लागि परराष्ट्र मन्त्रालयले पाकिस्तानस्थित नेपाली दूतावासका कार्यवहाक राजदूतलाई सोमबार नै अफगानिस्तान पठाइसकेको छ । घटनामा ७ नेपाली घाइते भएका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया