काठमाडौँ – केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले पक्राउ गरेका ३६ मध्ये एक प्रधामन्त्री केपी ओलीका दाँतको उपचार गर्ने डाक्टर समेत रहेका छन् ।
गत फागुनमा मात्रै ओलीको अगाडीपट्टीको तल्लो भागको दाँत बढी धारिलो भई जिब्रोलाई घाउ बनाउन थालेपछि गरिएको उपचारमा संलग्न रहेका बुद्धिमान श्रेष्ठ पनि पक्राउ परेका हुन् ।
उनले प्रधानमन्त्रीलाई माथिल्लो भागको दोस्रो र तेस्रो बंगरा निकाल्नै पर्ने अवस्थामा भएको पनि बताएका थिए तर बंगरा भने निकालिएको थिएन् । त्यति मात्र नभई श्रेष्ठ नेकपा एमालेको स्वास्थ्य विभागका सदस्य समेत रहेछन् ।
केही समयअघि मात्रै गठिन विभागमा उनलाई पनि सदस्य बनाइएको थियो ।