Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौँ – अफगानिस्तानको काबुलमा अति सुरक्षित स्थानमा छ क्यानेडेली दूतावास । यही दूतावासको बाहिरी सुरक्षामा हुन्छन् नेपाली युवा । उनीहरूलाई दूतावासले सिधा होइन डायनकर्प इन्टरनेशनलबाट सुरक्षाका लागि भर्ती गर्ने गर्छ ।

दूतावासको सुरक्षाका लागि काम गरे पनि नेपाली युवा दूतावासको सुरक्षित स्थानमा भने बसोबास गर्दैनन् । उनीहरूलाई डायनकर्पले काबुल जलालाबाद हाइवेको नजिकै पर्ने पीडि ९ को बनाया क्षेत्रमा बसोबासको व्यवस्था मिलाएको छ । अरू दिनजस्तो सोमबार बिहानै दूतावासको सुरक्षामा खटिने नेपाली टोली काबुलको क्यानेडेली दूतावास जान तयार भए । उनीहरू सुनौलो र सेतो रङको मिनी बसमा चढेर काबुल जाँदै थिए ।

बस नेपालीहरू बस्ने स्थानबाट काबुल जालालाबादको मुख्य सडकमा छिर्यो । बस अफगानिस्तानको समयअनुसार बिहान ५ बजेर ४० मिनेट जाँदा मुख्य सडकमा प्रवेशमात्रै गरेको थियो, ठुलो आवाजसहित विस्फोटनमा पर्‍यो । बसलाई पैदलै आएका आत्मघाती आक्रमणकारीले हमला गरेको काबुलका प्रहरी प्रमुख जनरल अब्दुर रहरमान रहिमीले जानकारी दिनुभयो । यही हमालामा १२ नेपालीको मृत्यु भयो भने ६ नेपाली घाइते भए।

विस्फोटनमा परेर दुई भारतीयको समेत मृत्यु भएको छ भने चार अफगानी पनि घाइते भएको अफगानिस्तानको गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको आजको गोरखापत्र दैनिकमा खबर छ । यसअघि २०६१ भदौमा पनि इराकमा पुगेका १२ नेपालीको अपहरण गरी आतंककारीले निर्मम हत्या गरेका थिए ।

विस्फोटनमा परी मृत्यु हुने नेपाली आफ्नो दूतावासको सुरक्षाका लागि काम गरिरहेको जानकारी काबुलस्थित क्यानडाली दूतावासले दिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया