Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौँ – नेपाली काँग्रेसको १३ औँ महाधिवेशन सम्पन्न भएको चार महिना बितिसक्यो तर, सानेपास्थित पार्टी केन्द्रीय कार्यालय सुनसान छ । पार्टी पदाधिकारीका साथै अन्य नेताहरूसमेत केन्द्रीय कार्यालय जाँदैनन् ।

विधानत नयाँ कार्यसमिति गठन भएको दुई महिनाभित्रै बाँकी सदस्य र विभागहरू गठन भइसक्नुपर्नेमा अहिलेसम्म केन्द्रीय समितिले पूर्णता पाएको छैन । अझै ११ केन्द्रीय सदस्य र तीन पदाधिकारी मनोनीत गर्न बाँकी छ । सदस्य मनोनयन र विभाग गठन नभएकाले अन्य नेता तथा कार्यकर्ताहरू शीर्ष नेताकै निवासमा बढी जाने गरेका छन् । सभापति शेरबहादुर देउवासँग भेट्न पुग्ने नेता–कार्यकर्तामध्ये २५ प्रतिशत राजनीतिक र ७५ ले व्यक्तिगत समस्या सुनाउने गरेका छन् ।

सभापति भएको चार महिनामा देउवा तीनपटक केन्द्रीय कार्यालय पुग्नुभएको छ । जिल्ला दौडाहा र पार्टी बैठकबाहेक देउवा बुढानीलकण्ठको आफ्नै निवासमा नेता–कार्यकर्ता भेटनुहुन्छ । भेटका लागि उनले बिहान ८ देखि ११ र बेलुका ३ बजेदेखि साँझसम्मको समय छुटाउनुभएको छ । उँहाक सहयोगी भानु देउवाका अनुसार एक दिनमा झन्डै डेढ सय नेता–कार्यकर्तासँग भेट गर्नुहुन्छ । अब छिटै देउवाले पार्टी कार्यालयमा नियमित कार्यकर्तालाई भेटघाट गर्ने उनको सचिवालयले तयारी गरेको छ । उता, महामन्त्री शशांक कोइरालाको महाराजगन्जस्थित निवासमा बिहानैदेखि भीड लाग्छ ।

पूर्वसभापति सुशील कोइराला बसेकै घरमा महामन्त्री शशांक बस्दै आउनुभएको छ । आवतजावतमा सहज हुने भएकले पनि नेता–कार्यकर्ता शशांक निवासमा बढी पुग्ने आजको नयाँ पत्रिका दैनिकमा खबर छ । यस्तै, १३ औँ महाधिवेशनमा सभापतिमा पराजित भएका नेता रामचन्द्र पौडेलले पार्टी केन्द्रीय कार्यालय जाने तालिका बनाउनुभएको छ ।

काठमाडौँ हुँदा दिउँसो २ देखि ५ बजेसम्म कार्यालय पुग्ने तालिका रहेको स्वकीय सचिव चिरञ्जीवी अधिकारीले बताउनुभयो । तर, उहाँको निवास बोहोराटारमा बिहानैदेखि नेता–कार्यकर्ताको भीड लाग्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया