Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौँ – ‘रोर्टयाक्ट नेपाल डिष्ट्रिक्ट ३२९२’ ले परोपकारी संस्था धुर्मुस–सुन्तली फाउण्डेशनलाई २ लाख ८० हजार रुपैयाँ सहयोग गरेको छ ।

रोर्टयाक्ट नेपालको राजधानीमा शनिवार सम्पन्न नवौँ डिष्ट्रिक्ट लिडरसीप ट्रेनिङ्ग सेमिनार (डिएलटिएस) मा धुर्मुस–सुन्तली फाउण्डेशनलाई २ लाख ८० हजार रुपैयाँ सहयोग प्रदान गरेको हो । रोर्टयाक्ट क्लब अफ बुटवलको संयोजनमा ‘म नेपाली’ पेजबाट अमेरिकामा बस्ने नेपालीबाट संकलित २ हजार ६ सय ८० डलर रकम रोटरी डिष्ट्रिक्ट ३२९२ को आगामी रोटरी वर्ष २०१६/१७ का गभर्नर जया राज्यलक्ष्मी शाहले कुञ्जना घिमिरे (सुन्तली) लाई प्रदान गर्नुएको हो ।

धुर्मुस–सुन्तली फाउन्डेसनले सिन्धुपाल्चोकको गिरानचौरका भूकम्प पीडितहरुका लागि सुरक्षित आवास निर्माणको काम गर्दै आएको छ । कार्यक्रममा रोटरी वर्ष २०१६/१७ का लागि चयन भएका क्लवहरुका अध्यक्ष, सचिव, कोषाध्यक्ष, क्लबको विभिन्न तहका अफिसरहरुलाई तालिम पनि दिइएको थियो ।

मुलुकभर रहेका ९८ वटा रोर्टयाक्ट क्लबमा आवद्ध यसका सदस्यहरूले विभिन्न सामाजिक कार्य गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया