Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौँ – आयोजक फ्रान्ससँग बराबरी खेल्दै स्विट्जरल्याण्ड युरोकप फुटबल प्रतियोगिताको प्रि–क्वाटरफाईनलमा प्रवेश गरेको छ । फ्रान्समा गएराति भएको समूह ‘ए’ को अन्तिम खेलमा स्विट्जरल्याण्डले घरेलु टोलीलाई गोलरहित बराबरीमा रोकेको हो ।

यही समूहको अर्को खेलमा रोमानियालाई १–० ले हराउँदै अल्बानियाले पनि अर्को चरण प्रवेशको सम्भावना जीवित राखेको छ । खेलमा अल्बानियालाई विजयी गराउन ४३ औं मिनेटमा अर्मान्डो सादिकुले गरेको गोल निर्णायक बन्यो । यी खेलहरुपछि समूह ए मा सबै तीन चरणका खेल सकिंदा अपराजित रहेका दुई टोलीमध्ये ७ अंक जोडेको फ्रान्स समूह विजेता बन्यो भने ५ अंक जोडेको स्विट्जरल्याण्ड दोस्रो भयो ।

यी दुई टोली सिधै अर्को चरणमा प्रवेश गर्दा ३ अंकका साथ तेस्रो स्थानमा रहेको अल्बानिया पनि अर्को चरण प्रवेश गर्ने होडमा कायमै छ । युरोकपमा ६ वटा समूहका विजेता र उपविजेतासँगै तेस्रो स्थानमा आउने ६ टोलीमध्ये उत्कृष्ट ४ टोली अर्को चरणमा प्रवेश गर्ने व्यवस्था छ ।

प्रतियोगिता अन्तर्गत आज राति समूह बी का अन्तिम लिग खेलहरू हुनेछन् । राति पौने १ बजे हुने खेलहरुमा स्लोभाकियाले इंग्ल्याण्डसँग खेल्दा रुस र वेल्स भिड्नेछन् ।

तपाईको प्रतिक्रिया