Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई डेराबाट निकाल्न माग गर्दै ललितपुर जिल्ला अदालतमा निवेदन परेको छ । सरकारले घर बहालबापत मासिक एक लाख ३० हजार रुपैयाँको दरले सात महिनाको भाडा नबुझाएको भन्दै घरधनी रविभक्त विष्टले मुद्दा दायर गर्नुभएको हो ।

निवेदनमा विष्टले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाउनुभएको छ । उहाँले हालसम्म बक्यौता रहेको रकम भराइपाउँ भन्दै निवेदन दिएको ललितपुर जिल्ला अदालतले जनाएको छ । विद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि यादवलाई गत कात्तिक १२ गतेदेखि विष्टको घरमा मासिक १ लाख ३० हजार रुपैयाँ भाडामा सारिएको थियो । त्यसयताको भाडा सरकारले तिरेको छैन् ।

मन्त्रिपरिषदले गत चैत २६ मा यादव बस्दै आएको घरको भाडा राष्ट्रपति कार्यालयमार्फत भुक्तानी गर्ने निर्णय गरे पनि विष्टले त्यो नपाएको गुनासो निवेदनमा गर्नुभएको छ । विष्ट पन्ध्र दिनअगाडि निवेदन लिएर ललितपुर जिल्ला अदालत पुगेका थिए । श्रेस्तेदार बाबुराम दाहालले सरकारले घर बहालमा दिएको करार सम्झौता नदेखिएकाले अदालतले हेर्न नमिल्दै भन्दै निवेदन दरपीठ गर्नुभएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

विष्टले शुक्रवार पुनः अदालत गएर इजलासमै निवेदन दिनुभएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया