काठमाडौँ – हिमालयन टाइगर प्रोफेस्नल रेस्लिङ एसोसिएसनले भोलि मनोरञ्जनात्मक रेस्लिङ कार्यक्रम गर्ने भएको छ ।
नेपालमा रेस्लिङ खेललाई व्यावसायिक रूपमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ कालीमाटीको तरकारी तथा फलफुल बजारभित्र हुन लागेको हो । एसोसिएसनका अध्यक्ष भरतबहादुर विसुरालले नेपालमा रेस्लिङको राम्रो सम्भावना भए पनि खेलाडी उत्पादन हुन नसकेकामा चिन्ता व्यक्त गर्दै यस खेलको विकासका लागि उक्त कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो ।
कालीमाटी फलफुल तथा तरकारी बजार विकास समिति, व्यवसायी तथा कालीमाटी तरकारी बजार युवा क्लबको सहयोगमा भोलि साँझ ४ बजे हुने उक्त कार्यक्रममा नौ जना नेपाली खेलाडी प्रतिस्पर्धामा सहभागी हुनेछन् ।
एसोसिएसनका अध्यक्ष विसुराल अन्तर्राष्ट्रिय तहका रेस्लर हुनुहुन्छ । उहाँले २०६० सालदेखि स्वदेश तथा विदेशमा प्रशिक्षणसमेत दिँदै आउनुभएको छ ।