Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – न्यायाधीशको विवरण प्रकाशन गर्दा अवमूल्यन गरी आफूलाई बरियताक्रमको पुछारमा पारिएको बताउँदै पुनरावेदन अदालतका एक न्यायाधीशले न्यायपरिषद्विरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता गराएका छन् ।

न्याय क्षेत्रमा पुर्‍याएको योगदानको परिषद्बाट कदर नभएको प्रश्न उठाउँदै पुनरावेदन अदालत हेटौंडाका न्यायाधीश डा. सलाहुद्दिन अख्तर सिद्दिकीले रिट दायर गर्नुभएको हो । सिद्दिकी मुस्लिम समुदायबाट हिन्दुशास्त्र अन्तर्गतको मनुस्मृतिमा गत वर्ष विद्याबारिधि गर्ने व्यक्ति पनि हुन् । उनले न्यायपरिषद्बाट अन्य न्यायाधीशको तुलनामा आफूलाई कनिष्ठ स्थानमा राख्ने गरिएको गुनासो पोख्नुभएको आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

अरू न्यायाधीशको क्रमसंख्या उल्लेख गर्दा उनले गरेको प्रशासनिक कार्यविधि जोडिए पनि आफू न्यायाधीश हुनुअघि कानुन व्यवसायीका रूपमा ३० वर्षसम्म पुर्‍याएको योगदानको उपेक्षा गरिएको उँहाको भनाइ छ । सिद्दिकीले २०३६ पुसदेखि कानुन व्यवसाय गर्दै आउनुभएको छ । उँहाले परिषदबाट यस अघिको गणना नगरी क्मसंख्यामा अन्य न्यायाधीशभन्दा पुछारमा नाम राख्ने काम भएकाले यस्तो कार्य रोक्न सर्वोच्चसँग माग गर्नुभएको छ ।

परिषद्ले भने आफ्नो अभिलेखमा सिद्दिकीको न्याय सेवा प्रवेश मिति २०६६ भदौ २१ गते जनाउँदै आएको छ । ३० वर्षको इतिहासै मेटिने गरी सात वर्षमात्र गण्ना गरिएपछि उँहाले परिषदसँग चित्त दुखाउनुभएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया