Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन भएको आठ महिनामा ४२ जनाले राजनीतिक नियुक्ति पाएका छन् । त्यसबाहेक ४७ सहसचिव र सोभन्दा माथिल्लो तहका कर्मचारी सरुवा र बढुवामा परेका छन् ।

त्यसैगरी, परराष्ट्रका आठ कर्मचारी राजदूतमा सिफारिसमा गरिएका छन् । यी सबै गरेर यस अवधिमा सरकारले अहिलेसम्म एक सय आठ व्यक्तिलाई विभिन्न तहमा नियुक्त, सरुवा र बढुवा गरेको छ । माओवादी केन्द्रका तर्फबाट राजनीतिक नियुक्तिको अवसर पाउने ६ जना मात्रै छन् । चारजना राजदूतको सिफारिसमा परेका छन् । महेन्द्र सिंह, यदुनाथ लम्साल, लक्की शेर्पा र पदम सुन्दास माओवादी कोटाबाट राजदूत नियुक्तिमा अवसर पाउनेमा पर्छन् । सुनीलबाबु श्रेष्ठ र चन्द्रकान्त पौडेल योजना आयोगको सदस्यमा नियुक्त भएका छन् । यसैगरी सत्तासाझेदार तेस्रो ठुलो दल राप्रपा नेपालका पाँचजनाले राजनीतिक नियुक्तिको अवसर पाए । योजना आयोग सदस्य गीताभक्त जोशी, राजदूत सिफारिसमा भरतबहादुर रायमाझी, निरञ्जन थापा र खगन्द्र बस्नेत गरी तीनजनाले अवसर पाएका छन् ।

त्यसबाहेक राप्रपा नेपालबाट परराष्ट्रमन्त्रीको प्रेस सल्लाहकारमा मोहन श्रेष्ठले नियुक्ति पाएका छन् । अर्को सत्तासाझेदार दल फोरम लोकतान्त्रिकबाट महत्त्वपूर्ण पदमा राजनीतिक नियुुक्ति पाउनेमा दुईजना मात्रै छन् । राष्ट्रिय योजना आयोग सदस्यमा कृपासिन्धु र ओमानका लागि राजदूतमा शर्मिला पराजुली सिफारिस भएकी छिन् । एमालेभित्र पनि संस्थापन हाबी राजनीतिक नियुक्तिमा पनि एमालेभित्र संस्थापन पक्ष हाबी देखिएको छ । कर्मचारी सरुवा धेरै मन्त्रिपरिषद्ले गरेका नियुक्ति, सरुवा, बढुवाका निर्णयमध्ये अधिकांश सरकारी कर्मचारीको भएको छ । प्रहरी महानिरीक्षकमा दुर्जकुमार राईको नियुक्तदेखि पुनर्निर्माण प्राधिकरणको उपक्षेत्रीय कार्यालय प्रमुखसम्म कर्मचारीहरू नियुक्ति भएका छन् । अहिलेसम्म ४७ जनालाई सरकारले यसरी सरुवा गरेको छ ।

ओली सरकारका नियुक्तिहरू प्रधानमन्त्रीका सल्लाहकार ११ जना ओलीले सल्लाहकार र विज्ञका रूपमा ११ जनालाई नियुक्त गरेका छन् । विष्णु रिमाललाई राजनीतिक, प्रमोद दाहाल प्रेस, डा. गोविन्द नेपाल आर्थिक, प्रकाशबहादुर बस्नेत सुरक्षा, वसन्तकुमार नेम्वाङ प्रशासनिक, अजयक्रान्ति शाक्य विज्ञान प्राविधिक तथा निरु पाल र देवेन्द्र दाहाललाई जन सम्पर्क सल्लाहकारका रूपमा नियुक्त गरिएको छ । त्यस्तै, गोपाल खनाललाई परराष्ट्र, ज्ञानेन्द्र शाक्यलाई राजनीतिक र चेतन अधिकारीलाई सञ्चार विज्ञको नियुक्ति दिइएको छ ।

राजदूतमा आठ कर्मचारी राजदूतका लागि सिफारिस भएका २२ मध्ये आठजना परराष्ट्र मन्त्रालयका कर्मचारी रहेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । यद्यपि, कानुनमन्त्री अग्नी खरेलले भने एमाले हाबी भयो भन्न नमिल्ने बताउनुभएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया