Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

                                                                                                                                                                                                      लोकनारायण सुवेदी
वर्तमान बिश्व भूमण्डलीकरणको कालखण्डमा बिषमता निरन्तर बढ्दै गएको छ । एकजना बिश्वका प्रसिद्ध फ्रान्सेली अर्थशास्त्री थोमस पिकेट्टीले दुइ बर्ष अघि नै आफ्नो किताब ‘क्यापिटल इन द ट्वेण्टी फस्ट सेञ्चुरी’मा पहिलो पटक यो प्रश्न जोडदार किसिमले उठाएका थिए । उनको मान्यता थियो १९३०को दशकदेखि १९७०को दशकसम्म आर्थिक बिषमताको प्रबृत्ति घट्ने दिशामा थियो तर १९७० को दशकपछिदेखि त्यो बिषमता लगातार बढ्न थाल्यो । यस्तो किन भइरहेको छ ? यो गम्भीर प्रश्न छ ।
यस प्रश्नमाथि बिस्तारपूर्वक ब्राङ्को मिलानोवीचले बिचार गरेका छन् । उनको किताब ‘इनइक्वालिटी ए न्यू अप्रोच फर द एज अफ ग्लोबलाइजेशन’ भर्खरै हार्भर्ड बिश्वबिद्यालय प्रेसबाट प्रकाशित भएको छ । यसमा आर्थिक बिषमताकासाथै त्यससँग जोडिएका राजनीतिक प्रश्नहरुमाथि पनि बिचार गरिएको छ । स्पष्ट छ कि आयको बिषमतालाई राष्ट्रिय सन्दर्भमा मात्र होइन भूमण्डलीय परिप्रेक्षमा समेत बिचार गरिएको छ । हुन पनि मानिसहरु यस प्रश्नलाई लिएर विचार विमर्श गर्ने गर्दछन् कि त्यो स्थिति कहाँ गयो जसमा उनीहरुको ज्ञानको राम्रोसँग उपयोग होस् र उनीहरुको आमदानी पनि बढोस र अपेक्षाकृत स्तरीय र खुशियालीपूर्वक जिन्दगी बितोस् ।
आजभन्दा २८ बर्ष अघि १९८८ मा बर्लिन पर्खाल धराशायी हुनुकासाथै समाजवादी संसारको पृथक शक्तिशाली अस्तित्व पनि समाप्त हुन गयो । संसारको सबभन्दा ठूलो समाजवादी देश पूँजीवादी ब्यवस्थाको अंग बन्न पुग्यो । भूमण्डलीकरणको बिगबिगी आज धेरथोर मात्रामा सर्बत्र देखिन्छ । तर एउटा के कुरा स्पष्टरुपमा देखाप¥यो भने भूमण्डलीकरणको लाभ सबैलाई समानरुपले मिलेन र मिल्दैन । सञ्चार क्रान्तिको फलस्वरुप बिभिन्न फर्महरुले आफ्ना काराखानाहरु एउटै ठाउँमा होइन दुनियाँका बिभिन्न देशहरुमा स्थपाना गरेका छन् । सस्तो श्रम र कच्चा पदार्थ तथा बजारलाई ध्यानमा राखेर यस्तो निर्णय लिइने गरेको स्पष्ट देखिन्छ ।
बितेको १९८८ देखि २००८का बीचको २० बर्षको अबधिमा एउटा भूमण्डलीय मध्यम बर्गको उदय भएको छ । यद्यपि तुलनात्मक दृष्टिले पश्चिमा मध्यम बर्गको तुलनामा गरीब छ । तर पनि के कुरालाई नकार्न सकिदैन भने यसले एशियाको एउटा सानो गरीब र मध्यम बर्गको तप्तकालाई निकै फाइदा पुगेको छ ।
पश्चिमा देशहरुलाई बिगतमा यो महशुस भएको थिएन कि रेगन–थेचरका नीतिहरु अपनाइसकेपछि बिकासशील देशहरुलाई केही बढी नै फाइदा पुग्नेछ । यसको अनुमान न ता गुन्नार मिर्डललाई थियो न त पाल एहरलिखलाई नै । एहरलिखले सन् १९६८ मा प्रकाशित आफ्नो किताब ‘पपुलेशन बम’ मा के रेखांकित गरेका थिए भने जनसंख्यामाथि नियन्त्रण नगरीकन तेश्रो बिश्वका देशहरु अगाडि बढ्न सक्तैनन् ।
आज त एहरलिख तथा मिर्डल दुबै गलत साबित भइसकेका छन् । बिश्वको सबैभन्दा ठूलो जनसंख्या भएका चीन र भारत दुबै निकै आश्चर्यजनक प्रगतिको बाटोमा छन् । यद्यपि दुबैको प्रगति प्रतिफल उपभोगका सन्दर्भमा निकै ठूलो भिन्नता पनि छ ।
सन् १९९८ र २००८ का बीच भूमण्लीकरणको गाडी निकै तीब्र गतिमा अगाडि बढ््यो । यसकारण कतिपय मानिसहरु यस कालखण्डलाई भूमण्लीकरणको मूख्य कालखण्ड पनि मान्दछन् । तर बर्ष २००८ र २०११का बीच विश्व अर्थब्यवस्था ठूलो आर्थिक संकटका बीचबाट गुज्रियो । तर पनि यो भूमण्डलीकरणको गाडि भने अघि बढ्दै नै रह्यो । यसै क्रममा एउटा भूमण्डलीय मध्यम बर्गको धेरथोर सबैतिर उदय भयो । चीनमा शहरी आय दोब्बर हुन गयो भने ग्रामीण आयमा पनि १० प्रतिशतको बृद्धि भयो । यस दृष्टिले हेर्दा स्पष्ट हुन्छ कि भूमण्डलीय मध्यम बर्गको स्थिति सबल बन्न पुग्यो ।
यता २०१३मा प्रकाशित फोब्र्सको प्रतिबेदन अनुसार बिश्मा १,४२६ अर्बपति थिए जसमा प्रत्येकको हैसियत एक अर्ब डलरभन्दा बढी थियो । तिनीहरुको कूल सम्पत्ति ५.४ खर्ब डलरभन्दा बढी थियो । २०१३ मा प्रकाशित स्वीस प्रतिबेदन अनुसार दुनियाँको कूल सम्पत्ति २४१ खर्ब डलर थियो ।
स्पष्ट छ कि ब्यक्तिहरुको यो सानो समूहको बिश्वको दुइ प्रतिशत बिश्व सम्पदा कब्जामा छ । यसरी अफ्रिकाको कूल सम्पत्तिभन्दा उनीहरुसँग दोब्बर बढी छ । प्रश्न खडा हुन्छ कि भूमण्डलीकरणको बर्तमान कालखण्डमा धनाढ््य मानिसहरुको सम्पत्तिमा कति बृद्धि भएको छ ।
यस अघि १९९२ सम्म फोब्र्स पत्रिकाले धनबानहरुको दुइटा पृथक सूचि प्रकाशित गर्ने गर्दथ्यो । एउटा सूचिमा चार सय भन्दा धनाढ््य अमेरिकी सामेल गरिन्थे र दोश्रो सूचिमा भूमण्डलीय अर्बपतिहरु ।
सन् १९८७ मा अमेरिकामा ४९ र बाँकी बिश्वमा ९६ अर्बपति थिए । यसरी बिश्वभरीमा १४५ अर्बपति थिए जोसँग ४५० अर्ब डलरको परिसम्पत्ति रहेको र त्यो कूल सम्पदा ४.५ खर्ब डलर थियो । अत्यन्त धनी ब्यक्तिहरुको संख्या र तिनको कूल सम्पदामा पाँच गुणा बृद्धि भयो । १९८७ र २०१३ का बीच अत्यन्तै धनी मानिसको जमातमा अन्य केही मानिस सामेल हुन आए । यस क्रममा बिश्वको वास्तविक सकल उत्पादनमा ३.३५ गुणाले बृद्धि भयो र यसरी अत्यन्त धनाढ््य मानिसहरुको वास्तविक सम्पदामा यो बढोत्तरी अझ धेरै नै बढी भयो ।
धन कुवेरहरुको संख्या दुइ गुणाभन्दा बढी हुन गयो । यति हुँदाहुदै पनि यी धनकुवेरहरुको संख्या धेरै सानो छ तर पनि उनीहरुको पाँच गुणा बृद्धि भयो । भूमण्डलीय सकल उत्पादनको दृष्टिले उनीहरुको सम्पदा पनि दुइ गणाभन्दा बढीले बृद्धि भयो ।
आज हरेक देशहरुभित्र र देश–देशका बीच आर्थिक बिषमता बढेको मात्र होइन त्यो लगातार बढ्दै गइरहेको छ । यसबाट राजनीति दूर भबिष्यसम्म प्रभावित हुने गर्दछ । यस सन्दर्भमा यहाँ साइमन कुज्नेत्सको उल्लेख गर्न सकिन्छ । उनीसँग बिश्व अर्थशास्त्रका हरेक बिद्यार्थीहरु परिचित नै छन् । कुज्नेत्सका अनुसार आर्थिक बृद्धिको प्रकृया अगाडि बढ्ने र त्यसमा तेजी आउदाको परिणाम आर्थिक बिषमता बढ्छ । तर पछि त्यसमा कमी आउन थाल्दछ ।
यद्यपि संयुक्त राज्य अमेरिका, बृटेन र यहासम्म कि स्वीडेन र जर्मन जस्ता समतामूलक देशहरुका अनुभवहरु भने कुज्नेत्सको परिकल्पनाभन्दा बिपरीत रहेका छन् । वास्तवमा थोमस पिकेट्टीको किताब ‘क्यापिटल इन द ट्वेण्टीफस्र्ट सेञ्चुरी’ले कुज्नेत्सको बिकल्प प्रस्तुत गरेको छ । उनले १९१८ देखि १९८०का बीच बिषमता घट्नुका कारणहरु के के थिए र त्यसपछि त्यसमा किन बृद्धि भयो भन्ने कुरा बताएका छन् ।
पिकेट्टीले भनेका छन् युद्धको बाध्याता, त्यसमा खर्च जुटाउनका लागि बढ्दो करारोपण, समाजवादी बिचारधाराको बढ्दो बर्चश्व तथा आर्थिक आयको अपेक्षा मजदुरीको दरमा बृद्धि यसका प्रमुख कारण हुन् । प्रथम विश्व युद्धभन्दा पहला आर्थिक विषमता बढ़््यो र त्यसमा फेरि कमी आयो । १८५०—१८८०को कालखण्डमा कुज्नेत्सको सिद्धान्तको अनुकूल नै बिषमताको आचरण रहेको थियो ।
कुज्नेत्सका साथमा के समस्या छ भने उनी १९८० पछि आर्थिक बिषमता बृद्धिको ब्याख्या गर्न असक्षम छन् । यो कुरा पिकेट्टीले सफलतापूर्वक गर्न सकेका छन् । उनी संयुक्त राज्य अमेरिका र बृटेनमा बितेका सय बर्षको कालखण्डमा आएको बिषमताको समुचित ब्याख्या गर्दछन् । यति हुँदाहुदै उनले पनि के स्पष्ट पार्न सकेका छैनन् भने युद्ध एवं राजनीतिक आन्दोलनलाई छोड़ेर ती कुन शक्तिहरु हुन् जसले पूँजीवाद अन्तरगत बिषमता बढाउन रोक्ने काम गर्दछन् ।
बीसौं शताब्दीमा बिषतामा कमी आउने दुइटा ब्याख्या प्रकाशमा आएका थिए । पहिलो ब्याख्या कुज्नेत्सले दिएका थिए । उनका अनुसार यो गिरावटका पछाडि अनेक आर्थिक शक्तिहरु छन् । उदारणार्थ जनसंख्या गाउँबाट शहरतिर र कृषि क्षेत्रबाट बिनिर्माणको क्षेत्रमा गयो । पढाई लेखाईलाई बढावा दिइयो । जनसंख्यामा बृद्ध मानिसहरुको अनुपात बढ्नाले सामाजिक सेवाहरुमा खर्च बढ््यो जसबाट धनबानहरुले सामाजिक सेवाहरुमा पहिलाभन्दा बढी खर्च बृद्धि गर्नुपर्ने भयो । बढी कर लगाइयो । यति मात्र होइन, शीत युद्ध समेत अन्य युद्धका सन्दर्भमा धनबानहरुमाथि अपेक्षकृत बढी कर लगाइने गरियो ।
पिकेट्टीले सने २००१मा प्रकाशित आफ्नो फ्रेञ्च भाषाको किताबमा के स्पष्ट पारेका छन् भने दुइ बिश्व युद्धको परिणामस्वरुप धनबानहरुमाथि करको बोझ बढ्नुकासाथै उनीहरुको सम्पदामा ठूलो नोक्सानी भयो । यस्तो अबस्था खाशगरी फ्रान्समा बढी देखियो । स्पष्टरुपमा पूँजीवाट प्राप्त हुने राजश्वमा कमी आयो ।
वास्तवमा १९१४ देखि १९८०का बीच बिषमतामा कमी आउनुका पछाडि बिभिन्न कारण थिए । पहिलो कारण युद्ध थियो जसमा धेरै ठूलो मात्रामा सम्पत्ति स्वाहा भएको थियो । अर्को कारण बामपन्थी राजनीतिले सम्पत्तिबानहरुको मनमा समाजवादी आन्दोलनलाई लिएर त्रास पैदा गरिदिएको थियो । परिणामतः उनीरुले ब्यापक आधार भएको मध्यम बर्गलाई बढावा दिन बाध्य भए । यही कुरा टर्की, ब्राजिल र दक्षिण कोरियामा पनि देखिएको हो ।
अमेरिकाको रुझान बिषमतालाई लिएर निक्कै नै बद्लिएको देखियो । त्यसैले उसले तेश्रो बिश्वका देशहरुमा पनि शिक्षा, कृषि सुधार र कल्याणकारी राज्यमा जोड दिन शुरु गरेको देखियो । यसको पछाडि एउटै कारण थियो कि एउटा जबर्जस्त मध्यम बर्ग कम्युनिज्मलाई रोक्न सफल साबित हुनेछ ।
यस कालखण्डमै सूचना प्रविधको क्षेत्रमा आएको ब्यापक परिवर्तन तथा भूमण्डलीकरणले बिश्व समाजको स्थितिमा निक्कै ठूलो र अपूर्व परिवर्तन ल्याइदियो । साथै बिनिर्माणको तुलनमा सेवा क्षेत्रहरुको बिकास भएर आयो र त्यसको ब्यापक बिस्तार भयो । सन् १९७९÷८० पछि सेवा क्षेत्रमा निर्माणको तुलनमा बिषमता तीब्र गतिले बढ््यो । त्यति मात्र होइन, अझ सेवाको क्षेत्रमा उत्पादक इकाईहरुको आकार निर्माणको तुलनमा धेरै सानो थिो । यसकारण मजदुरहरुलार्य संगठित पारेर मालिकरुसँग भिड्न पनि धेरै कठिन हुन गयो । यति मात्र होइन, सेवाको क्षेत्रमा कार्यरत मजदुरहरुको हित समान मात्रै होइन बहुबिध थिए । त्यसैले उनीहरुलाई एक ठाउँमा ल्याउन पनि कठिन थियो ।
संयुक्त राज्य अमेरका, बृटेन, अस्ट्रिया र जर्मनीमा यूनियनहरुको दबदबा श्रमिकहरुका बीच धेरै तीब्र गतिले घट्न गयो । सने १९९९ देखि लिएर २०१३ सम्मको तथ्यांकले यस तथ्यलाई एकदमै स्पष्ट पार्दछन् । ओइसीडीका देशहरुको तथ्यांलाई हेर्ने हो भने पनि प्रष्टै हुन्छ कि १९९९ मा २१ प्रतिशत श्रमिक यूनियनहरुको दायरामा थिए भने १०१४ बित्दा नबित्दै त्यो प्रतिशत निक्कै घटेर १७ मा झ¥यो । श्रमिक संघहरुको पराभाव सबैभन्दा बढी नीजी क्षेत्रमा देखाप¥यो । यसले स्पष्ट पार्दछकि नीजी क्षेत्रमा पूँजीको तुलनामा श्रमको दबदबा तीब्ररुपले घटेको छ ।
बर्तमान भूमण्डलीको कालखण्डमा उपलब्ध श्रमिकहरुको संख्यामा भने धरै नै बृद्धि भएको छ । सन् १९८० पछिको बिश्वको जनसंख्यमा दुइ तिहाई बृद्धि भएको छ । अनि चिन समेत अन्य पूर्व कम्युनिष्ट देशहरु बिश्वको श्रम बजारमा आएका छन् । प्रसिद्ध अर्थशास्त्री रबर्ट सोलोका अनुसार सारा बिश्वमा श्रमको स्थिति पहलको भन्दा धेरै कमजोर भएको छ । उत्पादनका ठूलो हिस्सा पूँजीपतिहरुले हडप्न या कब्जा गर्न थालेका छन् । पूँजीको आवागमन रोक धेरै खुकुलो भएको छ । अतः पूँजी ती देशहरुमा जाँदैछ जहाँ मजदुरीको दर कम हुनुका साथसाथै श्रम संगठन पनि काफी कमजोर रहेका छन् ।
सूचना प्रबिधिका क्षेत्रमा निरन्तर भइरहेका परिवर्तहरुले धेरै मानिसहरुको रोजगारी खोसेको छ र मानिसहरुलाई अनाबश्यक तुल्याइदिएको छ । आज हुलाक तथा टेलिफोन क्षेत्रहरुमा भइरहेको परिवर्तनले धेरै मानिसहरुलाई बेरोजगारी तुल्याइदिएको छ । आज ती दिन गइसकेका छन् जतिबेला पोष्ट कार्ड या खामको मूल्यमा केही पैसा मात्र बढाउँदा पनि ठूलो हो–हल्ला मच्चिन्थ्यो । अब ती बिभागहरु नै सन्दर्भहीन र अनाबश्यक भएर जाने कुरा टाढा छैन । भनिरहनु नपर्ला कि जुन तीब्रताकासाथ आज परिवर्तन भइरहेको छ अहिले नै कसैले ठोकेर भन्न सक्दैन कि भावी दिनमा संसारको रुप कस्तो बन्ला । तर शोषणमा आधारित ब्यवस्थाका बिरुद्ध आवाज उठ्ने र संघर्षको बिकास हुने कुरा भने फेरि पनि बिकासको अकाट््य नियम नै हो । यसैले बर्गीय बिषमता र पूँजीवादी शोषणको अन्त्य आज र भोलीका लागि पनि उत्तिकै अपरिहार्य छ ।

तपाईको प्रतिक्रिया