Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर २१, २०८१
Friday, December 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आगामी चीन भ्रमणलाई प्रभावकारी बनाउनका लागि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरूसँग परामर्श प्रक्रिया सुरु गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलगायतका नेताहरू सहभागी थिए।

प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीनको भ्रमणमा जाने तयारीमा छन्। यो मिति उनले हालै दरबारमार्गमा आयोजित आफ्नो पार्टीको कार्यक्रममा सार्वजनिक गरेका थिए।

चीन भ्रमणका लागि प्रधानमन्त्री ओलीले व्यापक गृहकार्य गरिरहेको देखिन्छ। भारतबाट प्रधानमन्त्रीका रूपमा १०० दिनसम्म कुनै औपचारिक निमन्त्रणा नआएपछि चीनसँग कूटनीतिक सम्बन्ध सुदृढ पार्न उनले यो भ्रमणको तयारी थालेका हुन्। यसै सन्दर्भमा, ओलीले वरिष्ठ राजनीतिक नेतृत्वसँग छलफल गरी भ्रमणलाई परिणाममुखी बनाउने रणनीति बनाइरहेका छन्।

 

 

तपाईको प्रतिक्रिया