Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

देशकै सबैभन्दा पुरानो र ठूलो दल नेपाली कांग्रेस १३औं महाधिवेशनको क्रममा छ । बिहिबार उद्घाटन गरेपछि कांग्रेस विधिवत रुपमा १३ औ महाधिवेशनमा होमिएको हो । महाधिवेशन सुरु भएसंगै कांग्रेसमा सभापतिका लागिमात्र शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले उमेद्वारी दर्ता गर्नुभएको छ । यसैसन्दर्भमा सभापतिका उमेद्वार पौडेलसंग सम्पर्क गरी गरिएको कुराकानी ।
सभापतिमा उमेद्वारी दिइसक्नुभयो, आफू जित्नेमा कत्तिको निश्चिन्त हुनुहुन्छ ?
मेरो उमेद्वारी व्यक्तिगत चाहानाको मात्र होइन । नेपाली कांग्रेसको सिंगो इतिहास बचाउनका लागि । सस्थापनको रक्षा गर्दै पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउनका लागि हो । त्यसैले नेपाली कांग्रेसका कार्यकर्ताले मेरो मात्र होइन हाम्रो कामको सम्मान गर्छन भन्नेमा ढुक्क छु ।

तपाइले सभापतिमा जित्ने आधार के हुन ?
तीनवटा आधार छन् । एउटा नेपाली कांग्रेसमा जति नेता छन, उनीहरूमध्ये म सिनियर छु । सिनियर म उमेरको कारणले होइन, काम गर्न थालेको समयले मात्र होइन, म मेरो कर्मले, मेरो लगानीलेपनि सिनियर हुँ । मैले काम गरेको छु, पार्टीमा संघर्ष गरेको छु । पार्टी भित्र लामो लगानी छ, जेलजीवन बिताएको छु ।
अर्को कुरा, अहिले पार्टीलाई जे आवश्यकता छ त्यसको परिपूर्ति र सम्बोधन मैले नै गर्न सक्छु । आज पार्टीलाई सशक्तरुपले वैचारिक धरातलमा उभ्याउन जरुरी छ । त्यसका लागि सोच्ने, बोल्ने र गर्ने व्यक्तिको खाँचो छ । त्यो खाँचो पूरा गर्न र कांग्रेसको आवश्यकतापूर्ति गर्न सक्ने क्षमता मसँग छ । साथीहरूले पनि म भित्रको त्यो क्षमतालाई पहिचान गर्नुभएको छ । त्यतीमात्र होइन सबै साथीहरू म सभापति भएको देख्न चाहनुहुन्छ त्यसैले म सभापति जित्छु ।

सस्थापन पक्षबाटै दुइ समूह बनाएर मैदानमा आउनुभएको छ । तपाइले भनेको कुरा कसरी सम्भव हुन्छ होला ?
यसमा केही साथीहरुको विमती रह्यो । हामीले पछिल्लो समय सम्मपनि कोसिस गरेकै हौ । त्यसैले त सुजाता जीले मलाई नै समर्थन गर्दै आफ्नो उमेद्वारी फिर्ता लिनुभयो । कृष्णप्रसाद जीसंग पनि कुरा भएको हो । धेरै साथीहरुले उहाँलाई कन्भिन्स गर्न खोजेकै हुन् मैले व्यक्तिगत रुपबाट पनि उहाँहरूसँग कुरा गरेको हुँ । तर निदाएकोलाई ब्युँझाउन सजिलो हुन्छ, निदाएको भान गर्नेलाई गाह्रो हुन्छ । उहाँहरूले तर्कलाई मानिदिए न हो । मै हुनु पर्छ मात्रै भनिदिएपछि त सकियो नि । तैले भनेको कुरा त सबै ठिकै हो तर, सभापति त मै हुनु पर्छ भनी अड्डि लिनेसँग केही गर्न सकिदैन।
यद्यपि यो मेरो लडाइ लोकतन्त्रको लागि हो । स्वतन्त्रता र कांग्रेस बचाउने अभियानका लागि हो । कांग्रेस विचारले चल्छ, सिद्धान्तमा अडिग रहन्छ । हामी त्यसैगरी अघि बढेका छौ । त्यसैले त मेरो महामन्त्रीमा बीपी पुत्र सशांक र प्रस्थापकमा बीर गणेशमानका पुत्र प्रकाशमान लगाएतका हुनुहुन्छ । हामी लोकतान्त्रिक प्रणालीबाट समावेशी सिद्धान्तका आधारमा अघि बढेका छौ ।

तपाइहरुको उमेद्वारी त दर्ता भयो । अब सबै प्यानलको पनि घोषणा गरेर अघि बढ्नुहुन्छ ?
हामीले अहिलेसम्म पूरै प्यानल नै तयार पारेका छैनौ । तर साथीहरुको दबाब आएको छ । आजै नभएपनि भोली विहानसम्म केही बाहिर आउछ ।

समावेशीतालाई चाही कसरी मिलाएर लानु हुन्छ नी ?
नेपाली कांग्रेस सधै समावेशी र लोकतन्त्रको पक्षमा लागेको पार्टी हो । हामीले अहिलेमात्र होइन समावेशीको कुरा नउठ्दा समेत समावेशीताको सिद्धान्तलाई अबलम्बन गरेका थियौँ ।
हाम्रो विधानमा पनि त्यो कुरा उल्लेख छ । आजै दर्ता भएको हाम्रो टिमलाई हेरेरपनि तपाइले मूल्याड्कन गर्न सक्नुहुन्छ । तीन जनामा एक जना महिला हुनुहुन्छ । यसले संविधानले प्रदत्त गरेको महिलाको ३३ प्रतिशत प्रतिनिधित्वलाई पनि संबोधन गरेको छ । पदाधिकारीमा मात्र होइन अन्य स्थानमा पनि महिला, मधेशी, आदीवासी, जनजाती सबैलाई संबोधन गर्ने गरी हाम्रो समूह तयार हुन्छ । अहिलेमात्र होइन सभापतिमा विजयी भएपछि पार्टीमा आन्तरिक लोकतन्त्रलाई जोगाइराख्न र समावेशीताको सिद्धान्तलाई अबलम्बन गर्न हामी सदैव तयार रहन्छौ ।

पार्टीभित्र भागबण्डाको राजनीति अन्त्य गर्छु भन्नुहुन्थ्यो । तर यो महाधिवेशनले त्यसको अन्त्य गर्ने लक्ष्यण त देखिएन नी ?
पार्टी नेता र कार्यकर्ता बीचमा पनि भागबण्डा अन्त्य हुनुपर्छ भन्ने आवाज लामो समयदेखि आइरहेको छ । हामीले पनि त्यही चाहेका छौ । यो समूहको कांग्रेस वा यो नेताको मान्छे भन्दापनि नेपाली कांग्रेस हुँ भनेर कार्यकर्ताले गर्व गरुन भन्ने मेरो चाहना हो र कार्यकर्ताको इच्छापनि त्यही छ । म प्रशिक्षण विभागको संयोजक हुदा अधिकांश जिल्लामा पुगेको छु । त्यहाँका नेता तथा कार्यकर्ताको मन बुझेको छुँ । उहाँहरुले पनि पार्टीभित्र भागबण्डाको अन्त्य हुनुपर्छ भन्नुहुन्छ । त्यसैले म सभापति बनेपछि यसैलाई प्राथमिकतामा राखेर काम गर्छु ।

सबैका महत्वकांक्षाले संस्थापन पक्षमा नै अनेक चिरा परेको छ, यस्तो बेलामा आफ्नो समूह र पार्टीलाई कसरी मिलाएर राख्नुहुन्छ ?
म सभापति हुनेबित्तिकै संस्थापन पक्षमात्र होइन, उतापट्टि (शेरबहादुर देउवा पक्ष) पनि आश्वस्त फिल गर्छन् । पार्टीमा एकता हुन्छ । मेरो चरित्र, मेरो स्वभाव, मध्यमार्गी हो । आजसम्मको मेरो व्यवहार र कार्यशैली जो मैले बनाएको छु, यसमा सबैलाई मिलाएर राख्न सक्छु ।
पार्टीका नीति तथा कार्यक्रम बनाएर देशभर कार्यक्रम गर्दा पनि त्यसमा मैले सबैलाई समेटेर राखेको छु । यसमा उहाँहरूलाई सोधेको होइन । पहिले सभापति सुशील जी हुदाँपनि स्वविवेक प्रयोग गरेर सबै पक्षकालाई मिलाएर राखेँ त्यसबेला सुशील जीलाई पनि सोधिनँ । शेरबहादुर जीलाई पनि सोधिनँ । तर सबैलाई क्षमता र आवश्यकताअनुसार उचित स्थान दिएको थिएँ । मेरो छनौट नै के हुन्छ भने वीपीले जो गर्नुहुन्थ्यो नि त्यस्तैगरी गर्छु ।

वीपीको पालादेखि नै दुई धारमा विभक्त कांग्रेस अहिले तलैसम्म विभाजित छ । तपाइ सभापति हुनेसाथ कसरी मिलाएर लानु हुन्छ ?
वीपीले सुवर्ण समशेरसित सल्लाह गरी जुन सरकार र पार्टी बनाउनुभयो नि, त्यो कति समावेसी र चार जात छत्तीस वर्णको फूलबारी थियो ? पार्टीका गुटउपगुटलाई र समुदाय सबैलाई मिलाएर बनाउनुभयो । सबैलाई समेटेर बनाउनुभयो । त्यो बेलाको सरकार र पार्टी सबैतिर मिलाएर मात्र होइन मधेसी, दलित, जनजाति र थारु समुदायका नेताहरु पनि अग्रस्थानमा हुनुहुन्थ्यो । त्यो वीपीले बनाउनुभएको थियो त्यस्तै अब कांग्रेस म बनाउँछु । हामीले नारामा मात्र बीपीको कुरा गर्ने होइन, व्यवहारमा पनि उत्तिकै कार्यन्वयन गर्नु जरुरी ठानेको छु । वीपीको चिन्तनलाई व्यवहारमा उतार्ने मान्छे म हुँ र म उतार्न चाहन्छु ।

तपाईको प्रतिक्रिया