Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर १०, २०८१
Monday, November 25, 2024

‘मेरा साना दुखले आर्ज्याको मुलुक हैन, सबैलाई चेतना भया’

‘घुस लिन्या र दिन्या दुवै राष्ट्रका शत्रु हुन्’

‘नेपाल चार जात छत्तिस बर्णको फुलबारी हो’
‘जाईकटक नगर्नु झिकी कटक गर्नु’

राष्ट्रनिर्माता बडामहाराजधिराज पृथ्वीनारायण शाहका माथिका यि दिब्य उपदेशहरु स्कुलका गुरुहरुले ब्याख्या गर्दै पढाएको कपुरी क, खरायो ख, गाइगोडे ग, जस्तै आजको दिन नोस्टालजियामा आइरहेछ छ । दिब्य उपदेशको ब्याख्या सँगै पुस २७ को महत्व अनि पृथ्वीजयन्तीको चर्चा परिचर्चा पनि धुमधाम सँग शुरु हुन्थ्यो सानोमा स्कुल छंदा । पुस १४ राजा बीरेन्द्रको जन्मजयन्ती पुस २७ पृथ्वी जयन्ती बिशेष महत्व हुन्थ्यो हामी विद्यार्थीहरुलाई । २०४६ सालको जनआन्दोलन पछि पुस १४ को स्कुले क्यालेण्डर परिवर्तन भए पनि पुस २७ को क्यालेण्डर चालु नै थियो । राजनीतिक चेतना शून्य भएको बालमस्तिष्कमा पृथ्वीनारायण शाह प्रतिको अभुतपूर्ण प्रभाव थियो । पृथ्वीनारायण शाहको मुलुकप्रतिको देन र नेपाल राज्यको निर्माणमा उनको भूमिकाको त्यो इतिहास पढ्दा सानैदेखि गर्बको अनुभुति हुन्थ्यो । २०६२/६३ को परिवर्तित राजनीतिक घटनाक्रमपछि गिरिजाप्रसाद कोइरालाको अन्तरिम सरकारले इतिहास देखि मान्दैआएको पृथ्वी जयन्तीलाई नै खारेज गरिदियो । राजसंस्थाको अन्तपछि पृथ्वीनारायण शाहको छवि र नेपाल राष्ट्रप्रति उनको भूमिका माथि नै प्रश्न उठाई उनिप्रति हिलो छ्याप्ने काम हिजोआज भईरहेको देख्दा दुखको अनुभूति हुन्छ ।

कुनै पनि ब्यवस्था परिवर्तन हुनु अनौठो हुन नसक्ला तर इतिहासलाई नै निमिट्यान्न पार्ने जुन षडयन्त्र राजनीतिक दल र नेताहरुले गरे त्यसलाई नेपाली जनताले क्षमा पक्कै गर्नुहुदैन ।पृथ्वीनारायण शाहले छरिएर रहेको बाइसे चौबिसे राज्यहरुलाई जोडेर सिंगो नेपाल बनाए उनलाई साम्राज्यवादी भनेर इतिहासमा उनको भूमिकालाई धुमिल बनाउने कार्य हुंदा पनि हामी युवा पुस्ता मौन भै बस्नुपरेको अवस्था छ ।
वालमष्तिष्कमा गढेको राष्ट्र निर्माताप्रति केही खराब नियत भएका तत्वहरुले
हिलो छ्याप्ने काम हुंदा दुख पक्कै लाग्ने रहेछ ।
वास्तवमा हामीले हाम्रो इतिहास, ऐतिहासिक, ब्यक्तित्व, राष्ट्रिय बिभूतिप्रति गर्व गर्नु सक्नुपर्दछ।जसले हामीलाई मान प्रतिष्ठा र स्वाभिमानपूर्वक बाँच्न सक्ने मार्गचित्र प्रदान गरेर गए उनीहरुप्रति सम्मान गर्नु हामी सबैको दायित्व हुनुपर्दछ । मुलुकमा बढ्दै गईरहेको अराजकता बिभाजन उन्मुख हुदै गइरहेको हाम्रो समाज आपसी भाइचारा सबैको लागी पृथ्वीनारायण शाहको दिब्य उपदेशहरु सार्थक हुन सक्छन ।

देशमा ब्यवस्था, राजनीतिक प्रणाली, सरकार नेताहरु आईरहने गईरहने प्रक्रिया मात्र हुन तर जुन इतिहासले हामीलाई नेपाली भनेर परिचय दिएको छ । त्यो इतिहासको संरक्षण गर्नु हामी सबैको कर्तब्य हुन आउंछ ।
राजनीतिक प्रणाली ब्यवस्था परिवर्तनको दम्भ र जोशमा हाम्रा पुर्खाहरुले संघर्ष गरेर निर्माण गरेको इतिहास सँग जोरी खोज्ने काम जुन ढंगले बर्तमानमा भैरहेको छ त्यो अक्षम्य छ । सरकारी सार्वजनिक बिदा दिएर मात्रै भन्दा पनि राष्ट्रिय एकता दिवसको रुपमा पृथ्वी जयन्तीलाई मनाउनुपर्दछ ।

हिमाल पहाड तराई सबै नेपालीलाई एकताको सुत्रमा बांध्ने काम पृथ्वीनारायण शाहले गरेका थिए । बिश्वका प्राय: देशहरु गुलामी पछिका दिनहरुलाई स्वतन्त्र दिवस मनाएर गर्ब गर्छन । हामी न गुलाम थियौ न भयौ न हुनेछौ । तसर्थ आजको दिनलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाएर हिमाल पहाड तराई बिचको मजबुत नेपालको परिकल्पनामा लागौ । राष्ट्रनिर्माताप्रति हार्दिक श्रध्दान्जलि ।
[email protected]

तपाईको प्रतिक्रिया