जुन शिर्षकमा मैले केही शब्दहरु खर्चदै छु र आदरणीय पाठक बर्गको ध्यानलाई केही समयका लागि केन्द्रित गर्न चाहान्छु । भनिन्छ औषधी तितो हुन्छ तर रोगको निको पार्छ। आदरणीय पाठक मित्रहरु हो, कुरा सत्य हो। किन की नेपालको बर्तमान राजनीतिक सेरोफेरो र बिगत १६ बर्ष यताको राजनीतिक पृष्ठभूमिले देखाएको नेपालको राजनीतिक उथलपुथल र भबिष्यका चुनौतीहरुलाई केही हदसम्म केलाउन चाहान्छु हो यो लेख लेखिरहदा मलाई यो आरोप पनि नलागोस म नेपालका कुनै पनि राजनीतिक पार्टीहरु प्रति आग्रह र पूर्वग्रही भएर लेखिरहेको छैन। म त एउटा बिचको बाटोमा बसेर दाया र बायाको पाटोलाई केलाउने र उनिहरुका कमजोरीहरुलाई औल्याउन गैरहेको हु ।आदरणीय पाठकबृन्द प्रसंग बिनाको शब्दहरुमा धेरै समय खर्च नगरी बिषयबस्तुमा केन्द्रित हुन चाहन्छु ।
जब नेपालमा २०४७ सालमा नेपाली जनताको जनआन्दोलन मार्फ़त आएको बहुदलिए प्रजातन्त्रले ३० बर्षे पन्चायतको अन्त गरयो के का लागि ? २०५२ सालमा आएर प्रजातन्त्र र राजतन्त्रका बिरुद्दमा जनयुद्दको सुरुवात भयो त्यो के का लागि ? फेरी २०६३ सालमा २३८ बर्षे राजतन्त्रको अन्तको साथै प्रजातन्त्रको पनि समाप्ति भएको छ । आखिर के का लागि ?
२०६३ साल पहिलाको नेपाली जनताको जनजीबन, शान्ति सुरक्षा, २०४७ साल पछि २०५२ साल सम्मको प्रजातान्त्रिक सासन कालको शान्ति सुरक्षा २०५२ सालबाट २०६३ साल सम्मको देशको शान्ति सुरक्षा र बिकास संरचना आदिको बिनासको अबस्थाको साथै २०६३ साल यताको समग्र अबस्थालाई केलाउदै हामी प्रत्येक नेपालीले आगामी भबिष्यको अस्थिर राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक परिबेशलाई स्थायित्व दिनुको कुनै बिकल्प हाम्रा सामु रहेन ।
आदरणीय पाठक बर्गहरुमा म माथिका केही प्रश्नहरुको प्रसंगलाई छोटकरिमा केलाउन चाहान्छु । २०४७ साल पहिला राजाहरूले एकतन्त्रिय शासन लादे. त्यही लदाइकै बाबजूद पनि हत्या हिंसाका घटनाहरु बिरलै मात्र सुनिने गर्थे, जनतामा अभाबको येतिधेरै महसूस भएको थिएन, २०४७ सालमा नेपाली जनताको जनआन्दोलन मार्फ़त बहुदलिय प्रजातन्त्रको उदय भयो, प्रजातन्त्रको उदय सगै नेपाली जनतामा शान्ति सुरक्षा, अभाब, गरिबी आदिबाट मुक्ति पाइन्छ भनेर जनताहरू धेरै नै आशाबादी भयौ । तत्कालिन समयमा केही बिकास निर्माणका कार्यहरु निकै गतिमा नबढेका पनि होइनन ! सन्चारले तेहि समयमा कोल्टो फेरेको हाम्रा सामु गतिलो उदाहरण बनेकै हो ।
त्यसै समयमा तत्कालिन नेपाली कांग्रेस, नेकपा एमाले लगायतका पार्टीहरुमा देखिएको गुट्फुट र नेताहरुका बिचमा भएका खिचातानी आदि कै कारणले २०५२ सालमा जनयुद्दको सुरुवात भयो । नेपालको राजनीतिक इतिहासमा जनयुद्दको सुरुवात संगै नेपालले पाउने भन्दा गुमाउने काम धेरै भएको छ । संसार २१ औ शताबदीको बिकासको चरम उत्कर्षमा पुगेको समयमा जनयुद्दले नेपाललाई २३८ बर्ष पछाडि धकेलेको सत्य हामी माझ कुनै नौलो हुन सकेन ।
हो जनयुद्दसगै हामीले राजनीतिक परिबर्तन गर्दै, ठुलै फडको पार गरेका छौ तर त्यसबाट नेपाली जनतामा के कति उपलब्धिहरु भए। हामी नेपाली जनताले के के गुमायौ र के के पायौ त्यो बारेमा बिष्लेषण हनु आजको आवश्यकता होइन र ?
माओवादीको क्रान्ति संगै सात राजनीतिक पार्टीको सहकार्यले राजतन्त्रको अन्त गर्दै हामी गणतन्त्रमा प्रबेश त गरेका छौ, आखिर नेपाली जनताले के नै पायौ ? त्यही गरीबी, अभाब, निराशा, तनाब र अशान्ति प्राप्त गरयौं भने देशमा भएका पुराना संरचना आदिको नष्ट गर्नुको बाहेक हालसम्म कुनै उपलब्धिहरु भएका छन र ? फेरी भन्ने हो भने हामी एक नेपालीले अर्को नेपालीको हत्या गरेर हजारौ नारिहरुको सिउदोको सिंदुर पुछिएको छ, हजारौ बालबालिका टुहुरा भएका छन, हजारौ घरबारबिहीन भएका छन र हजारौको संम्पति लुटिएको छ। आखिर येति ठुलो जन धनको बिनाशका बाबजूद भएको परिबर्तन आखिर के का लागि भएको ? के कमरेड प्रचण्ड र डा. बाबुराम भट्टाराईलाई प्रधानमन्त्री बनाउन कै लागि हो ? के माओबादीमा जानि नजानी लागेका जनमुक्ति सेनाहरुको जीवनलाई अन्योल बनाउनको लागि र अबकाश लिएका सेनाको चेक लूटनको लागि भएको थियो ? के नेपालमा शसस्त्र समुदाय जन्माउन कै लागि भएको थियो ? के नेपालमा उर्जा, ग्यास र आर्थिक अभाब कै लागि भएको थियो र के पृथ्वीनारायण शाहले एक सूत्रमा बांधेको नेपाललाई फेरी २३८ बर्ष पछाडि धकेल्नको लागि भएको जनक्रान्ति उपलब्धि हो ? यदि यसो होइन भने नेपालका क्रान्तिकारी हौ भनेर चिनिने नेताहरुको घैटोमा घाम किन लाग्न सकेको छैन ? के तपाईहरुलाई हाम्रा कारणले देश झन झन जटिल हुंदै गएको र नेपाली जनताले झनै ठुल्ठुल्ला बिपत्तिको सामना गर्नु परेको छ भन्ने लाग्दैन ?
नेपालमा बर्षा याममा उम्रेका बर्षे च्याउसरी जन्मिएका नेपालका राजनीतिक दल र तिनका नेताहरूले के बुझ्नु परयो भने बिगतको इतिहास देखि आजसम्म नेपाल र नेपाली जनताको उन्नति र प्रगति हुन नसक्नुमा नेपाली राजनीतिको गुट फुट र घुसतन्त्रकै कारण हो भन्नेमा कसैको दुइमत हुन सक्दैन। उपरोक्त बिषयमा यदि बेलैमा ज्ञान नहुने हो भने जसरी माकुराले भुराहरू जन्माउछ र तिनै भुराहरूले आफ्नै आमालाई खाएर समाप्त पार्छन त्यसैगरि नेपाली राजनीतिक दल र तिनका नेताहरुको पनि अन्त नहोला भन्न सकिदैन ।
नेपालमा कुनै एक राजनीतिक दल, नेता या एक जाती र सामुदायेले केही गर्न सक्ने अबस्था रहेन, आजको हाम्रो देश नेपाल र नेपाली जनताको शान्तिको चाहनालाई कुठाराघात हुन नदिनको लागि सम्पूर्ण राजनीतिक दल, मधेशी, पहाड़ी, हिमाली र राजाबादी एक कदम पछाडि हट्दै एकै ठाउमा हुनुको कुनै बिकल्प छैन । ***