बेनी – म्याग्दीका सर्जक रामप्रसाद सुवदीको म्याग्दी : स्रष्टा र सृष्टि नामक समालोचना हालै विमेाचन भएको छ ।
देश बिदेशमा रहेका जिल्लाका साहित्यिक स्रष्टा र सृष्टिको खोजखन्तर गरी लिपीबद्ध गर्ने उद्देश्यले पाँच वर्षको अथक प्रयासपछि सुबेदीले उक्त कृति प्रकाशनमा ल्याएका हुन् । सर्जक सुबेदीले पाँच वर्षको लामो खोजपछि स्रष्टाहरुमै समर्पित भन्दै समालोचना म्याग्दी : स्रष्टा र सृष्टि प्रकाशित गरेको बताएका छन् ।
हालै भानु द्विशतवाषिर्कीको अवसरमा म्याग्दी साहित्यिक समाजले बेनी बजारमा आयोजना गरेको एक साहित्यिक समारोहका बीच उक्त कृतिको विमोचन गरिएको थियो । भानु द्विशतवार्षिक समारोह धवलागिरी शाखाका अध्यक्ष महेशचन्द्र प्रधानले उक्त कृतिको लोकार्पण गरेका हुन् ।
करिव ६०० पृष्ठको समालोचना म्याग्दी : स्रष्टा र सृष्टिको मूल्य १ हजार रुपैंया राखिएको बताउँदै सर्जक सुबेदीले देशबिदेशमा रहनुभएका म्याग्दीबासी साहित्यप्रेमीहरुले मगाएर पढिदिनु भई सहयोग गर्न अपिल गर्नुभएको छ ।***