Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १७, २०८१
Thursday, January 30, 2025

टोकियो – नेकपा एमालेका महासचिव शंकर पोखरेल जापान आइपुगेका छन् । प्रवासी नेपाली मञ्च जापानले प्रमुख आतिथ्यतामा आन्तरिक प्रशिक्षण तथा खुला अन्तरक्रिया कार्यक्रमको लागि पोखरेल जापान आइपुगेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

आन्तरिक प्रशिक्षणसहित जापानको मुख्य तीन शहरमा खुला अन्तरक्रिया कार्यक्रम गरेको छ । जापानको नारिता विमानस्थलमा महासचिव शंकर पोखरेलको स्वागत गरिएको मञ्चका उपसचिव बुद्धिराज घिमिरेले जानकारी दिए ।

स्वागत कक्षमा नेपाली राजदूतावासका राजदूत डा. दुर्गा बहादुर सुवेदी, नेकपा एमाले केन्द्रीय सदस्य, ओसियाना र पूर्वीएसियाका इन्चार्ज डा. सूर्य पाठक , ओएनएफ अन्तर्राष्ट्रिय कमिटी सदस्य तथा जापानका इन्चार्ज सुरेश केसी मञ्च जापानका अध्यक्ष कुल चन्द्र खरेल,पदाधिकारी, सदस्य, सल्लाहकार , एनआरएनए जापानका अध्यक्ष नवीन निउरे,कार्यसमिति पदाधिकारी सहित नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

पार्टी महासचिव शंकर पोखरेलको जापानमा रहेका नेपालीहरूसँग प्रवासको चुनौती र राज्यले गर्नु पर्ने सहयोग लगायत विषयमा खुला अन्तरक्रिया कार्यक्रम समेत आयोजना हुने अध्यक्ष कुलचन्द्र खरेलले जानकारी दिए । नागोयामा आन्तरिक प्रशिक्षण हुने
प्रवासी नेपाली मञ्च जापानले १ फेब्रुअरी २०२५ नागोया र २ तारिख टोकियोमा आन्तरिक प्रशिक्षण हुने सचिव राजेन्द्र श्रेष्ठले बताए ।

ओकिनावा प्रशिक्षण र अन्तरक्रिया
एमाले केन्द्रीय सदस्य डा. सूर्य प्रसाद पाठकको प्रमुख उपस्थितिमा ओकिनावामा फेब्रुअरी ९ तारिख प्रशिक्षण र त्यसपछि
खुला कार्यक्रम हुने भएको हो ।

तपाईको प्रतिक्रिया