Deneme Bonusu Veren Siteler
सोमबार, माघ १४, २०८१
Monday, January 27, 2025

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य एवं चर्चित अभिनेत्री रेखा थापाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पुरानो गल्तीको स्मरण गराउँदै पुनः अर्को ठूलो गल्ती गरेको आरोप लगाएकी छिन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उनले महामन्त्री धवलशम्शेर राणाको स्वास्थ्य अवस्थालाई बेवास्ता गर्दै उनलाई संगठन विभाग प्रमुखबाट हटाइएको घटनालाई गलत कदम भनेकी छन् । उनले भनिन्, ‘महामन्त्री धवलशम्शेर राणा क्यान्सरजस्तो गम्भीर रोगसँग जुधिरहेको बेला उनलाई पदबाट हटाउनु दुर्भाग्यपूर्ण हो ।’

उनले आफूलाई लक्षित गर्दै लिङ्देनले विगतमा दिएको अभिव्यक्तिको पनि पुनः स्मरण गरिन् । उनले भनिन्, ‘म बच्चा जन्माउन अमेरिका गएको बेला अध्यक्ष लिङ्देनबाट आएको अभिव्यक्ति दुखद थियो । तर, मैले यसलाई मनमा लिएको छैन ।’

गत वर्ष लिङ्देनले नाम नलिईकन एक ‘चर्चित कलाकार’को अमेरिकामा बच्चा जन्माउने निर्णयमाथि टिप्पणी गरेका थिए । उनले भनेका थिए, ‘महिला जीवनमा पहिलो सन्तानलाई नेपाली बनाउन नचाहने कुरा राष्ट्रियताको लागि सोचनीय छ ।’

यसले त्यसबेला व्यापक विवाद निम्त्याएको थियो । रेखाले त्यतिबेला लिङ्देनलाई जवाफ दिँदै उनकी छोरी पनि अमेरिका पठाइएको तथ्य प्रस्तुत गरेकी थिइन् । हालैको बैठकमा पुनः उक्त विषय उठाउँदै रेखाले पार्टी नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाइन् ।

रेखाले महामन्त्री राणाद्वारा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनको समर्थन गर्दै पार्टीमा देखिएको चुनौती र समस्याबारे गम्भीर ध्यानाकर्षण गराइन् । ‘पार्टीलाई वैकल्पिक शक्ति बनाउने भनिए पनि जनमत घट्दो क्रममा छ। यसबारे गम्भीर समीक्षा हुनुपर्छ,’  उनले भनिन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया