Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025

काठमाडौं – अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले आफ्नै क्रिप्टोकरेन्सी घोषणा गरेको छन् । उक्त डिजिटल मुद्रा केही घण्टामै कैयौँ अर्ब डलरमा परिणत भएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मिम कोइन $Trump नाम दिइएको उक्त क्रिप्टो सोमबार ट्रम्पले संयुक्त राज्य अमेरिकाका ४७औँ राष्ट्रपतिका रूपमा शपथ लिनु अघि घोषणा गरेका थिए । ट्रम्प अर्गनाइजेशनको एउटा भातृ निकाय सीआईसी डिजिटल एलएलसीले उक्त भेञ्चरको संयोजन गरेको थियो । विगतमा उक्त निकायले ट्रम्पको ब्रान्ड प्रयोग गरिएका जुत्ता र अत्तरहरू बिक्री गर्नेगर्थ्यो ।

मिम कोइनहरू इन्टरनेटमा भाइरल रहेका ट्रेन्डहरूलाई अझ लोकप्रिय बनाउन ल्याउने गरिए तापनि तिनको वास्तविक मूल्य धेरै नहुने र लगानीको हिसाबले जोखिम पनि बढी हुने ठान्ने गरिन्छ । तर घोषणा गरिएको केही घण्टामा नै $Trump को बजारको पुँजी ५.५ अर्ब डलर पुगेको कोइनमार्क्रेटक्याप डट कमले जनाएको छ ।

सीआइसी डिजिटल एलएलसी र यसै महिनाको सुरुमा डेलावेयरमा घोषणा भएको फाइट फाइट फाइट एलएलसीको स्वामित्वमा ८० प्रतिशत ‘टोकन’हरू रहेका छन् । यसबाट ट्रम्पले कति आम्दानी गर्नेछन् भन्ने प्रस्ट छैन । ‘मेरो नयाँ आधिकारिक ट्रम्प मीम उपलब्ध भइसकेको छ । हाम्रा सबै मान्यताहरू, हाम्रो विजयका लागि खुसीयाली मनाउने समय यो हो,’ ट्रम्पले शुक्रवार राति मीम कोइनको घोषणा गर्दै आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा लेखेका थिए ।

झन्डै २० करोड डिजिटल टोकनहरू सार्वजनिक गरिएको छ भने आगामी तीन वर्षमा थप ८० करोड $Trump क्रिप्टो सार्वजनिक गरिने उक्त कोइनको वेबसाइटमा जनाइएको छ । ‘ट्रम्प मीमले जतिसुकै अप्ठेरो परिस्थितिमा पनि पछि नहट्ने एउटा नेताप्रति सम्मान व्यक्त गर्छ,’ सो वेबसाइटमा भनिएको छ ।

त्यसमा एउटा स्पष्टीकरण पनि उल्लेख गरिएको छ जसले उक्त सिक्का लगानीको अवसर र सुरक्षा सवाल हुन नचाहेको र नरहेको भन्दै कुनै राजनीतिक अभियान, कार्यालय वा सरकारी निकायसँग यसको लेनादेना नरहेको जनाइएको छ । -बीबीसी

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया