Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

टोकियो – विमान छुटेको विवादमा विमानस्थल कर्मचारीमाथि हातपात गरेको आरोपमा एक डाक्टर पक्राउ परेका छन् । टोकियोको हानेडा विमानस्थलको एक उडान छुटेपछि महिला ग्राउण्ड कर्मचारीमाथि हातपात गरेको आरोपमा ५८ वर्षीय डाक्टर पक्राउ परेका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रहरीका अनुसार कात्सुहिको फुकुदा नामका ती डाक्टरले सोमबार राति करिब ८ः१० बजे विमानस्थलको बोर्डिङ गेटमा आफूलाई उडानका लागि जानकारी नगराइएको भन्दै महिला कर्मचारीलाई दुई पटक थप्पड हानेका थिए । सिमाने प्रिफेक्चरको मत्सुए निवासी फुकुदालाई बुधबार अभियोगका लागि सार्वजनिक अभियोजक कार्यालयमा पठाइएको छ ।

तर, फुकुदाले अनुसन्धानका क्रममा आफूले कर्मचारीमाथि हातपात नगरेको दाबी गरेका छन् । ‘मैले उनलाई हानेको छैन,’ उनले भनेको स्रोतले जनाएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया