Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

टोकियो – भूकम्प गईरहने देशको चिनारी पाएको जापानको राजधानी टोकियो आसपासलाई केन्दबिन्दु पारेर निकट भविष्यमा ठूलो भूकम्प जाने भूकम्पविदहरुको प्रक्षेपण छ । प्राकृतिक प्रकोपलाई रोक्न नसकिएता पनि त्यसबाट हुने क्षतिलाई कम गर्न भने अवश्य सकिन्छ । तर त्यसका लागि पूर्व तैयारी र उच्च सतर्कता भने अवश्य जरुरी हुन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

त्यसैका लागि वर्षोनि ठूलो बजेट खर्च गरेर जापान सरकारले मातहतका विभिन्न निकायहरु मार्फत त्यस सम्बन्धि सचेतनामुलक अभिमुखीकरण कार्यक्रम गर्दै आईरहेको छ । यसै सन्दर्भमा टोकियो महानगरीय सरकारले यहाँ रहेका विदेशीहरुलाई लक्षित गरी प्राकृतिक प्रकोपजन्य घटनाबाट कसरी बच्न सकिन्छ र यसबाट हुने क्षतीलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने उद्देश्यले Disaster Experience Event का रुपमा एक सचेतनामुलक कार्यक्रम गर्ने भएको छ ।

उक्त कार्यक्रम आगामी फेब्रुअरी १६ तारिख आईतबारका दिन हुने बताईएको छ । नेपाली भाषाका सहजकर्ताको सुबिधा समेत रहेको सो कार्यक्रम बिहानी सत्र र अपरान्ह सत्र गरी दुई सत्रमा बिभाजन गरिएको छ । बिहानीको सत्र १०:५० बजेदेखि ११: ५० बजेसम्म हुने छ भने अपरान्हको सत्र १२:५० देखि १४:४० बजेसम्म हुने बताईएको छ । बिहानीको सत्रका लागि रिसेप्शन १०:३० बजेबाट खुल्ला हुने छ भने अपरान्हको सत्रका लागि १२:३० बजेबाट बाट खुल्ला हुने जनाईएको छ ।

इकेबुकुरो बोसाइखान -2-37-8 Nishi Ikebukuro, Toshima-Ku, Tokyo 171-0021_ मा हुन गईरहेको उक्त कार्यक्रमममा भाग लिनका लागि आगामी फेब्रुअरी ९ तारिख आईतबारसम्ममा अनिवार्य आफ्नो नाम दर्ता गराउनुपर्ने छ । नाम दर्ता गर्नका लागि तल दिईएको क्युआर कोड स्क्यान गरी आफ्नो विवरण भरेर पठाउनुपर्ने छ । उक्त कार्यक्रममा ९ वर्ष भन्दा माथिका बालबालिकाले पनि भाग लिन पाउने भएता पनि १६ वर्ष मुनिकाको हकमा अभिभावक अनिवार्य साथमा हुनुपर्ने बताईएको छ ।

विज्ञहरुका अनुसार टोकियो आसपासका क्षेत्रलाई केन्द्रबिन्दु बनाई निकट भविष्यमै ठूलो भूकम्प जाने प्रक्षेपण गरिएको छ, त्यसप्रकारका प्रकोपबाट आफू पनि बच्न र अरुलाई पनि बचाउँदै जतिसक्दो क्षती कम गर्ने बारे ब्यवहारिकरुपमै सिकाउने उद्देश्यले विदेशीहरुलाई लक्षित गरी आयोजित उक्त निःशुल्क कार्यक्रममा सहभागी भई मौकाको फाइदा उठाउन अपिल गरिएको छ । कार्यक्रममा भूकम्पको धक्काको महशुस गराईनुका साथै भूकम्पपश्चात हुने संभावित आगलागीबाट बच्न, बचाउन, आगो निभाउन वा धुँवाको मुस्लो छल्दै भाग्न सिकाइने छ । यसैगरी भूकम्पपश्चात संभावित सुनामी वा बाढिबाट ज्यान जोगाउन सुरक्षित स्थानतर्फ भाग्न पनि सिकाईने छ । एक सत्रमा जम्मा ४० जना सहभागिले भाग लिन सकिने सो कार्यक्रममा सहभागीहरुलाई आयोजक महानगरपालिकाले उपहार पनि दिने बताईएको छ । सहभागीहरुको संख्या क्षमताभन्दा बढि भएमा गोलाप्रथाबाट सहभागिको छनौट गरिने बताईएको छ । टोकियो महानगरिय क्षेत्रमा करिव ६ लाख विदेशीहरु रहेको र उनीहरुप्रति लक्षित यसप्रकारका सचेतनामुलक कार्यक्रम नियमित गरिने योजना रहेको आयोजकको भनाई छ ।

विगतमा भएको कार्यक्रमको करिव १६ करोड जनाले हेरिएको भिडियोको स्ट्राग्राम लिंक  :
https://www.instagram.com/reel/C_fsGbmyOsf/?utm_source=ig_web_copy_link&igsh=MzRlODBiNWFlZA%3D%3D

कार्यक्रम सम्बन्धि बिस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोला ।
कार्यक्रममा सहभागी हुनका लागि क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण पठाउनुहोला ।

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया