Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि सामाजिक सञ्जालमा प्रश्न उठाएपछि एमाले नेता तथा पूर्व कोशी प्रदेश सांसद बिमल कार्कीलाई पार्टीले ६ महिनाका लागि निलम्बन गरेको छ । एमाले कोशी प्रदेश सचिव राजकुमार भण्डारीका अनुसार कार्कीमाथि निलम्बन गर्ने निर्णय प्रदेश कमिटी बैठकले अनुमोदन गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

राजनीतिक गतिविधि र पार्टीको नीति विपरीत सामाजिक सञ्जालमा टिप्पणी गरेको आरोपमा कार्कीलाई मंसिर १६ मा स्पष्टीकरण मागिएको थियो । ‘तपाईँको नामको फेसबुक आइडीबाट पार्टी नेतृत्वविरुद्ध लगातार अभिव्यक्ति आइरहेको छ । त्यो फेसबुक आइडी तपाईँको हो कि होइन, हो भने तपाईँलाई किन कारबाही नगर्ने’ भन्दै एमाले कोशी अध्यक्ष घनश्याम खतिवडाले कार्कीलाई स्पष्टीकरण सोधेका थिए ।

तर कार्कीले तीन दिनको समय सीमा घर्केपछि मात्रै स्पष्टीकरण बुझाएका थिए । उनको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै प्रदेश कमिटीले कार्कीमाथि कारबाही गरेको हो । कोशी प्रदेश कमिटीको सचिवालय बैठकले कार्कीलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो, जसलाई पुस २७ र २८ मा बसेको प्रदेश कमिटी बैठकले अनुमोदन गर्‍यो ।

बिमल कार्की, जो २०७४ को निर्वाचनमा उदयपुर क्षेत्र नम्बर १ (ख)बाट प्रदेश सांसद निर्वाचित भएका थिए, वर्तमानमा प्रदेश कमिटी सल्लाहकार र राष्ट्रिय प्रतिनिधि परिषद्को सदस्यका रूपमा रहेका छन् ।

यसअघि पनि एमालेका नेताहरूले आलोचनात्मक टिप्पणी गर्दा कारबाही भोगेका थिए । व्यापारी मीनबहादुर गुरूङले एमाले पार्टी कार्यालयका लागि जग्गा र भवन उपलब्ध गराएको विषयमा प्रश्न उठाएपछि नेता भीम रावल पार्टीबाट निष्कासनमा परेका थिए । नेतृ विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई पनि समान कारणमा ६ महिनाका लागि निलम्बन गरिएको थियो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया