Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – विश्वप्रसिद्ध पत्रिका न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको घुम्नलायक उत्कृष्ट स्थानहरूको सूचीमा नेपालका लुम्बिनी पनि पर्न सफल भएको छ। यो सूचीमा लुम्बिनीलाई नवौं स्थानमा स्थान दिएको छ।

पत्रिकाले “प्राचीन तीर्थस्थलमा नयाँ मन्दिर र ध्यान केन्द्रको भ्रमण गर्नुहोस्” भनी लुम्बिनीबारे चर्चा गर्दै, यसलाई ऐतिहासिक र आध्यात्मिक रूपमा विशेष महत्व बोकेको गन्तव्यका रूपमा चित्रित गरेको छ। लेखमा उल्लेख गरिएअनुसार, हजारौं वर्ष पहिले राजा सिद्धार्थ गौतम बुद्धकी आमा मायादेवीले लुम्बिनीको उद्यानमा उहाँलाई जन्म दिएकी थिइन्। आजसम्म यहाँ प्राचीन भग्नावशेष र समकालीन बौद्ध केन्द्रहरूको संग्रह छ। विनाशकारी भूकम्पपछिका १० वर्षभित्र लुम्बिनीमा विभिन्न नयाँ मन्दिर र ध्यान केन्द्रहरू निर्माण गरिएका छन्।

त्यसैगरी, लेखमा गत नोभेम्बरमा उद्घाटन गरिएको थाउजेण्ड टेम्पल विशेष चर्चामा छ। तीनतले तिब्बती शैलीमा बनेको यस बिहारमा १८ इन्च अग्ला हजार बुद्ध मूर्तिहरू छन्, भने त्रिकाल बुद्धका तीन ठूला मूर्ति पनि रहेका छन्। न्यूयोर्क टाइम्सको सूचीमा समावेश पहिलो नम्बरको गन्तव्य इंग्ल्याण्डको जेन अस्टिन छ। अन्य चर्चित गन्तव्यहरूमा इक्वेडरको ग्यालापागोस टापु, न्यूयोर्कको म्युजियम, भारतको आसाम, र थाइल्याण्डको ह्वाइट लोटस पर्दछन्।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया