काठमाडौं – सहकारी संस्था बचत रकम दुरूपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले रास्वपा सभापति रवि लामिछानेको रिहाइमा खुसीयाली बनाउनु पर्ने कारण नहरेको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक शैलीमा प्रतिक्रिया दिँदै यस्तो टिप्पणी गरेका हुन् ।
६५ लाख धरौटीमा रिहा हुँदा सफाइ पाएको भन्दै उनले चचहुई गर्नुपर्नेको औचित्य नरहेको बताए । काठमाडौं, बुटवल ,चितवन र वीरगन्ज सुनुवाइ बाँकी रहेकोले खुसीयाली मनाउन हतार नगर्न थापाले भनेका छन् ।
- यस्तो छ उनको प्रतिक्रिया :-
रवी जिम्मेवार/कारबाहीको सिफारिस-क्लिन चिट !!
रवी निर्दोष छन्- हाहा हुहु !!
अनुसन्धानको लागि पक्राउ- सरकार म-यो/जुठो बार !!
अनुसन्धान-अभियोजन-हिरासत- राजनीतिक प्रतिशोध !!
अदालती सुनुवाई- न्याय मरेको छैन !!
६५ लाख धरौटीमा रिहा- सफाई/चचहुई!!
रवी कसुरदार छैनन् भन्ने आधार देखिएन- हिहि !!
सहकारीको करोडौं बचत दुरूपयोग- छिछि !!
सहकारीको बाहेक एक रूपैया कम्पनीमा खाएको छैन,
काठमाडौं,बुटवल,चितवन र बीरगंज – सुनुवाई छ कि!!
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.