समाचार सुन्नुहोस :
काठमाडौँ – सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित प्रतीक थापाको सम्बन्धमा कैफियत प्रतिवेदन माग गरेको छ। प्रतीकले आफूलाई थुनामा राख्ने निर्णयविरुद्ध सोमबार सर्वोच्च अदालतमा निवेदन दिएका थिए। उक्त निवेदनमाथि भएको सुनुवाइपछि न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले प्रतिवेदन माग गर्ने आदेश दिएको हो।
प्रतीक थापालाई प्रहरीले गत असार १४ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ गरेको थियो। काठमाडौँ जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनले सो निर्णयविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए। तर, उच्च अदालतले पनि जिल्ला अदालतको निर्णयलाई सदर गरेपछि थापाले सर्वोच्च अदालतमा धरौटीमा रिहा हुने माग राख्दै निवेदन दिएका हुन्।
सर्वोच्चको आदेशपछि अब मुद्दामा कैफियत प्रतिवेदन पेस गरिनेछ, जसका आधारमा थप कानुनी प्रक्रिया अघि बढ्नेछ।