समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा एमालेका नेता तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय अनिल कुमार पोखरेलविरुद्ध ठगीको आरोपमा पक्राउ पुर्जी जारी भएको छ।
मोरङ जिल्ला अदालतले अनिल पोखरेललाई पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जनाएका छन्। प्रहरीको अनुसन्धानका लागि अनुमति माग गरेपछि अदालतले सोमबार अनुमति दिएको हो। पोखरेलमाथि एमबीबीएस प्रवेश परीक्षामा नाम निकालिदिने बहानामा सप्तरीका बौआलाल चौधरीसँग ३८ लाख रुपैयाँ लिएको आरोप लागेको छ। उनी मोरङको रंगेली नगरपालिका-२ निवासी हुन्।
यो प्रकरणमा प्रहरीले ठगीमार्फत आपराधिक लाभ लिएको मुद्दा दायर गरेको छ। यस विषयमा थप अनुसन्धान अघि बढ्ने तयारी भइरहेको छ।