काठमाडौं – झापाको भद्रपुर उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएको छ । काठमाडौँबाट भद्रपुर उडान भरेको उडान नं ९५३ को कलसाइन ९एन-एजेएस को जहाजमा प्राविधिक समस्या आएपछि पुनः काठमाडौँतर्फ फर्काइएको छ ।
बुद्ध एयरका अनुसार जहाजको दायाँ इन्जिनमा समस्या देखिएको थियो । जहाज आधा समय उडान गरिसकेको अवस्थामा काठमाडौं फिर्ता गर्नु परेको हो ।
काठमाडौंबाट १०:३८ मा उडेको विमानलाई अवतरणका दौरान त्रिभुवन विमानस्थलमा इमर्जेन्सी घोषणा गरिएको थियो । डाईभर्ट गरिएको जहाजलाई ११ः१५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराईएको छ ।
जहाजलाई टेक्निकल टिमले चेकजाँच गरिरहेको र यात्रुहरुलाई अर्को जहाजबाट भद्रपुर पठाउने तयारी भइरहेको बुद्ध एयरले जनाएको छ । विमानस्थलमा इमर्जेन्सी घोषणा गरिएपछि केही बेर अन्य उडान रोक्नु परेको थियो ।
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.