Deneme Bonusu Veren Siteler
मंगलबार, पौष २३, २०८१
Tuesday, January 7, 2025

काठमाडौं – नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्षहरूले विशेष महाधिवेशन बोलाउन दबाब दिएका छन् । आइतबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा प्रदेशको रिर्पोर्टिङ प्रस्तुत गर्दै अध्यक्षहरूले तत्काल विशेष महाधिवेशन बोलाउन दबाब दिएका हुन् ।

पार्टीको विशेष महाधिवेशन बोलाउनुपर्ने सुझाव तल्लो तहबाट आएको उनीहरूले रिपोर्टिङ गरेका छन् । पार्टीको आन्तरिक विवाद केन्द्रीय समितिबाट नभई महाधिवेशनबाटै हल गर्नुपर्ने उनीहरूको सुझाव छ ।

रिपोर्टिङमा क्रममा अधिकांशले पार्टीमा पहिलोपटक आएको उत्साह जोगाउनुपर्ने बताएका थिए । अधिकांशले १८/२० वर्षपछि पार्टीमा उत्साहको एउटा चरण आएको बताएका थिए । यस्तो बेला आन्तरिक संघर्षभन्दा सम्हालिएर अगाडि बढ्नुपर्नेमा धेरैको जोड थियो । पछिल्लोपटक सरकारमा जाँदा गरेको सुशासनको काम, उपनिर्वाचनको नतिजाजस्ता पक्ष माओवादीका लागि सकारात्मक कदम भएको उनीहरूको भनाइ थियो ।

पार्टीमा चरम व्यक्तिवादी अराजकता मौलायो : प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र चरम व्यक्तिवादी अराजकता मौलाएको बताए । केन्द्रीय समिति बैठक उद्घाटन सत्रमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीभित्र मौलाएको चरम व्यक्तिवादी अराजकताले पार्टी नेतृत्वलाई अप्ठ्यारो परिरहेको बताए । नेता कार्यकर्तालाई उत्पादन र श्रममा फर्काउनुको विकल्प नरहेको उनले भनाई छ ।

उनले नेता कार्यकर्ता उत्पादनसँग जोडिनुपर्ने भन्दै आम्दानी र व्यवसाय पनि पारदर्शी हुनुपर्नेमा जोड दिए । प्रचण्डले जनतासँग जोडिने अभियानलाई महत्व दिँदै महाधिवेशनसम्म जाने तथा त्यसरी जनतामा जाँदा भ्रष्टाचारलगायत काण्डमा पार्टीले लिएका पहलकदमीलाई जनताको तहसम्म पुर्‍याउने बताए । केन्द्रीय कमिटीको आकार विशाल भएको उनको टिप्पणी छ ।

विशाल कमिटी पार्टीका लागि अवसर र चुनौती दुवै भएको उनले बताए । ‘हाम्रो विशाल केन्द्रीय समिति आफैंमा चुनौती हो र आफैंमा एउटा अवसर पनि हो’, बैठकमा प्रचण्डले भने ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया