समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज सबैजसो विदेशी मुद्राको मूल्य घटबढ भएको छैन। अर्थात् शनिबार जुन मूल्यमा काराबोर भएको थियो, आज पनि सबैजसो विदेशी मुद्राको किनबेच सोही मूल्यमा हुनेछ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५४ पैसा छ।
त्यसैगरी आज युरो एकको खरिदर एक सय ४१ रुपैया ०२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ६४ पैसा छ। त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ र बिक्रीदर एक सय ७० रुपैयाँ ७४ पैसा छ। आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ २१ र बिक्रीदर ८५ रुपैयाँ ५८ पैसा छ। त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ८० पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ७५ पैसा छ। त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ २५ पैसा र बिक्रीदर तीन सय ६४ रुपैयाँ ८४ पैसा छ। त्यस्तै, जापानी येन १० को खरिददर आठ रुपैयाँ ७१ पैसा र बिक्रीदर आठ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।