समाचार सुन्नुहोस :
काठमाडौँ – आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले घटेर एक लाख पचास हजार दुई सय रुपैयाँ कायम भएको छ। शुक्रबार सुनको मूल्य एक लाख ५० हजार सात सय रुपैयाँ पुगेको थियो।
चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज प्रतितोला २५ रुपैयाँले घटेर एक हजार सात सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय १५ रुपैयाँ थियो।
गत मंसिरको तेस्रो साता सुनको मूल्य दुई दिनमै प्रतितोला साढे १८ हजार रुपैयाँले घटेको थियो। यसअघि, कात्तिक १५ गते सुनले ऐतिहासिक महँगो मूल्यको कीर्तिमान बनाउँदै प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।
प्रकाशित मिति: आइतबार, पौष १४, २०८१
प्रकाशित समय: १४:४३:१४