Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

टोकियो – पछिल्लो समय जापान आउन चाहने नेपालीहरूको संख्या तीव्र गतिमा वृद्धि भइरहेको छ । चाहे विद्यार्थी भिसा होस् वा वर्किङ भिसा, जापान पुग्ने नेपालीहरूको लहर जारी छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यस प्रक्रियामा एजुकेसन कन्सल्टेन्सी र मेनपावर एजेन्सीहरूले ठुलो भूमिका खेलिरहेका छन् । जापान पुग्नका लागि नेपालीहरूले न्यूनतम १३ लाख रूपैयाँ खर्च गर्नुपर्छ । जापान पुगिसकेपछि मात्र धेरैलाई थाहा हुन्छ, त्यहाँको वास्तविकता उनीहरूको कल्पनाभन्दा निकै फरक छ । सोचेजस्तो आम्दानी नहुने र परिवारको अपेक्षा पूरा गर्नुपर्ने दबाबले गर्दा धेरै नेपालीहरूले अवैध रूपमा काम गर्न बाध्य भइरहेका छन् ।

जापानको अध्यागमन कानुन कडा भएकाले विद्यार्थीहरूले तोकिएको समयभित्र मात्रै काम गर्न पाउँछन् । वर्किङ भिसामा आएका व्यक्तिहरूको समेत आम्दानी सन्तोषजनक छैन । महँगो जीवनशैली भएका शहरहरूमध्ये टोकियो अग्रस्थानमा पर्दछ । परिवारको आर्थिक भार टार्नका लागि अवैध रूपमा काम गर्ने नेपालीहरू अध्यागमन प्रहरीको निगरानीमा पर्न थालेका छन् ।

अध्यागमन नियम उल्लंघन गर्ने नेपालीहरूको निष्कासन दर बढिरहेको छ । गत सातामात्र जापानी अधिकारीहरूले ७ जना नेपालीलाई निष्कासन गरी नेपाल फिर्ता पठाएका छन् । टोकियोमा विगत २० वर्षदेखि बस्दै आएका एक नेपालीका अनुसार अहिले पनि केही नेपालीहरू अध्यागमन प्रहरीको नियन्त्रणमा छन् ।

निष्कासनमा परेकाहरूमा साबित्री खड्का तिरुवा, सुशन गिरी, गीता विक, बुद्धिकुमारी विक, उरुसल तामाङ लामा, मधुकर विष्ट र मनोहर ढुंगेल रहेका छन् । ती नेपालीहरू थाइ एयरवेयजको जहाजमार्फत काठमाडौं पठाइएको हो ।

अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई निष्कासन गरिएको भनिए पनि विस्तृत विवरण सार्वजनिक गरिएको छैन । जापान सपना बोकेर आएका नेपालीहरूलाई यहाँको कठोर नियम र वास्तविकताले चुनौती थपिरहेको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया