Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – नेकपा माओवादी केन्द्रले पार्टी प्रवेश गर्नेहरूलाई पूर्ववत् पार्टीकै जिम्मेवारी दिने भएको छ । स्थायी कमिटी बैठकको निर्णय समावेश गरेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव गुरुङले सोमबार जारी गरेको सर्कुलरमा पार्टी एकतामा जोड दिने उल्लेख छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

‘मुलुकको विद्यमान परिस्थितिमा वाम एकता र ध्रुवीकरणको आवश्यकतालाई ध्यानमा राखी समान विचार भएका वाम घटकहरूसँग पार्टी एकता र ध्रुवीकरणमा जोड दिने । विगतमा एकीकरण/समायोजन/पार्टी प्रवेश भएका कतिपय कमरेडहरूको सन्दर्भमा सांगठनिक जिम्मेवारी व्यवस्थापनमा उपेक्षा भएको भनि आएका गुनासोलाई ध्यानमा राखी एकीकरण/समायोजन/प्रवेश हुँदाका बखत स्थापित वाम घटकहरूमा जुन जुन स्तरमा कार्यरत रहेको थियो सोही स्तरमा समायोजन गर्ने र गैरवाम घटकहरूबाट पार्टी प्रवेश हुँदा सम्बन्धित पार्टी समितिहरूको निर्णय अनुसार समायोजन गर्ने निश्चित गरिएको छ,’ सर्कुलरमा भनिएको छ ।

सर्कुलरमा स्थानीय तहको उपनिर्वाचनको परिणाम उत्साहजनक रहेको उल्लेख छ । कांग्रेस र एमालेको जनमत ह्रास आएको र पार्टीको पक्षमा जनमत बढेको निष्कर्ष माओवादीले निकालेको छ । ‘उपलब्धिका अलावा पनि पूर्व विजयप्राप्त गरेका केही स्थानहरू गुम्नु, निर्वाचनको लागि सिंगो पार्टी पंक्तिलाई परिचालन गर्ने विषयमा सीमाहरू रहनु, निर्वाचनका लागि आवश्यक सबै पक्षहरूको प्रचुर प्रयोग गर्ने लगायतका विषयहरूमा केही सीमा कमीकमजोरी पनि रहन गएका छन्,’ सर्कुलरमा भनिएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया