Deneme Bonusu Veren Siteler
मंगलबार, पौष ०२, २०८१
Tuesday, December 17, 2024

काठमाडौं – दक्षिण प्रशान्त महासागरमा अवस्थित भानुआटु टापुमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । नेपाली समय अनुसार, मंगलबार बिहान ७ बजेर ३२ मिनेटमा भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु राजधानी पोर्ट भिलाबाट ३० किलोमिटर पश्चिममा ५७ किलोमिटर गहिराइमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, भूकम्पपछि ५.५ म्याग्निच्युडको परकम्प गएको थियो । भूकम्पपछिको क्षतिको विवरण भने आएको छैन । तर, सबै सरकारी वेबसाइट अफलाइन भएका छन् । यसबाहेक प्रहरी र अन्य निकायका फोन नम्बर पनि काम गरिरहेका छैनन् । देशको भूकम्प मापन संस्थाले पनि यस सम्बन्धमा कुनै जानकारी दिएको छैन ।

अहिलेसम्म एक जनाको मृत्यु भएको पुष्टि भएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । भूकम्पका धेरै भिडियो सामाजिक सञ्जालमा पोस्ट भएका छन् । यीमध्ये एउटा भिडियोका अनुसार बेलायत, फ्रान्स र न्युजिल्यान्डका कूटनीतिक नियोग रहेको भवनमा पनि क्षति पुगेको छ । –इन्डिपेन्डेन्ट

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया