काठमाडौं – कास्की प्रहरीले रास्वपा सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति पाएको छ ।
सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका उनीमाथि विगत दुई महिनादेखि हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । मङ्गलबार आठौँपटक म्याद थपका लागि लगिएकोमा कास्की जिल्ला अदालतले थप चार दिन राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
पूर्व गृहमन्त्री समेत रहेका लामिछाने कार्तिक २ मा काठमाडौंबाट पक्राउ परेका थिए । सोमबार प्रहरीले तयार गरेको अनुसन्धान प्रतिवेदन पाएको सरकारी वकिललको कार्यालयले पुस ५ मा अदालतमा रविविरुद्ध अभियोजन गर्दै छ ।
Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.