Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको हिरासत म्याद थपका लागि कास्की प्रहरीले आज अन्तिमपटक जिल्ला अदालतमा पेश गर्दै छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कास्की जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माका अनुसार लामिछानेलाई अदालतमा उपस्थित गराएर थप ४ दिनको म्याद मागिनेछ । ‘अब ४ दिन मात्र म्याद थप्न सकिन्छ,’ डीएसपी शर्माले भने ।

यसअघि, मंसिर २७ गते सातौँपटक थप गरिएको ५ दिनको हिरासत म्याद गएराति समाप्त भएको थियो । प्रहरीका अनुसार, लामिछानेविरुद्ध अनुसन्धानका लागि आज आठौँपटक म्याद थप्ने प्रक्रिया अघि बढाइएको हो ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए। तर, उनका व्यवसायिक साझेदार तथा गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी भने यसअघि असोज ६ गते नै पक्राउ परिसकेका थिए । कानुनअनुसार, हिरासतमा राखेर अनुसन्धान गर्न पाउने ९० दिनको अवधि शनिबार पूरा हुँदैछ ।

प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी, र संगठित अपराधका आरोपमा लामिछानेविरुद्ध सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ । प्रहरीले लामिछानेसहित ५१ जना अभियुक्तविरुद्ध मुद्दा दर्ता गर्न राय दिएको छ ।

सोमबार सरकारी वकिल कार्यालयमा बुझाइएको प्रतिवेदनअनुसार यी अभियुक्तमाथि सहकारी ठगी र संगठित अपराधका गम्भीर आरोप लागेका छन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया