Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – अछाममा आफैंमाथि गोली चलाउने प्रहरी सहायक निरीक्षक (असई) किसनबहादुर चन्दलाई संगठनबाट बर्खास्त गर्न सिफारिस गरिएको छ । घटनाको छानविन गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले गठन गरेको प्रहरी उपरीक्षक (एसपी) बिनोद शर्मा नेतृत्वको समितिले चन्दलाई बर्खास्त गर्न सिफारिस गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

चन्दले मदिरा सेवन गरेर आफैंमाथि पेस्तोल चलाएको, विगतमा पनि विभिन्न प्रहरीमाथि गोली ताक्ने काम गरेको जस्ता कारणले संगठन राख्न उपयुक्त नदेखिएको भन्दै समितिले उनलाई बर्खास्त गर्न सिफारिस गरेको प्रदेश प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले पनि छानविन समितिले प्रतिवेदन बुझाउदै चन्दलाई कारवाही गर्न सिफारिस गरेको पुष्टि गरे । तर, अहिले उनी नेपाल प्रहरी अस्पताल काठमाडौँमा उपचाररत भएका कारण थप कारवाही प्रक्रिया अघि नबढेको कार्कीले बताए । स्रोतका अनुसार उनले त्यहा कार्यरत प्रहरी कर्मचारीलाई पेस्तोल ताकेका थिए ।

त्यसपछि चौकीमा कार्यरत प्रहरी कर्मचारीहरुको भागाभाग भएको थियो । अन्य कर्मचारी भागेपछि उनले आफैलाई गोली हानेको स्रोत बताउँछ । अछामको तुर्माखाद गाउँपालिका-३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्जका रुपमा कार्यरत चन्दले १३ मंसिरको राति आफैंमाथि पेस्तोल चलाएका थिए ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया