Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ समीकरण पूरा भएको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध ६ विकेटको जित निकालेसँगै प्रतियोगिताको शीर्ष चार टिम पक्का भएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कर्णालीविरुद्धको जितसँगै लिग चरणको शीर्ष स्थान सुनिश्चित गरेको सुदूरपश्चिम रोयल्सले सात खेलबाट १२ अंक जोडेको छ । दोस्रो स्थानको जनकपुरले सात खेल खेल्दा पाँच जित र दुई हारसहित १० अंक जोडेको छ । तेस्रो स्थानको चितवन राइनोजले सात खेलबाट चार जित र तीन हारसहित आठ अंक जोडेको छ । चौथो स्थानमा रहेको प्लेअफ यात्रा तय गरेको कर्णाली याक्सले पनि सात खेलबाट चारमा जित र तीन खेलमा हारसहित आठ अंक नै जोडेको छ ।

बुधबारदेखि सुरु हुने प्रतियोगिताको प्लेअफमा अब शीर्ष स्थानको सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध पहिलो क्वालिफायर खेल्नेछ । यो खेलको विजयी टिमले सोझै फाइनलमा स्थान बनाउनेछ । यस्तै, हार्ने टिमले भने फाइनल प्रवेशका लागि पुनः मौका पाउनेछ । जसअनुसार पहिलो क्वालिफायरमा पराजित हुने टिमले दोस्रो क्वालिफायरमा इलिमिनेटर विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको चितवन राइनोज र चौथो स्थान पक्का गरेको कर्णाली याक्सले इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछन् । इलिमिनेटर खेल बुधबार बिहान ९ बजेदेखि र पहिलो क्वालिफायर खेल सोही दिन दिउँसो १ बजेदेखि सुरु हुनेछ । यी दुवै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् । प्रतियोगिताको दोस्रो क्वालिफायर भने बिहीबार हुनेछ । यस्तै, फाइनल खेल शनिबार कीर्तिपुरमै हुनेछ ।

प्रतियोगिताको पहिलो संस्करणमा आठ टिमले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये काठमाडौं गुर्खाज, विराटनगर किंग्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स भने लिग चरणबाटै बाहिरिए । सात खेलबाट आठ अंक जोडेको काठमाडौं पाँचौँ, चार अंक जोडेको विराटनगर छैटौँ, चार अंक नै जोडेको पोखरा सातौँ र दुई अंक जोडेको लुम्बिनीले आठौँ स्थानमा रहँदै प्रतियोगिता टुंग्याएका हुन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया