Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको अनुसन्धान प्रक्रिया सकेको छ । प्रहरीका अनुसार सम्पत्ति शुद्धीकरण, सहकारी ठगी, र सङ्गठित अपराधसम्बन्धी अभियोगमा अनुसन्धान सकिएपछि आज सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाउन लागिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रहरीका अनुसार आइतबार अबेरसम्म प्रतिवेदन तयार पार्ने काम गरिएको थियो । आज सरकारी वकिल कार्यालयले उक्त प्रतिवेदन अध्ययन गरी कास्की जिल्ला अदालतमा पेश गर्नेछ । अदालतमा प्रतिवेदन पेश भएपछि पुस ५ भित्र अभियोगपत्र दायर गर्ने तयारी छ ।

लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले तोकिएको ९० दिनको अवधिमा काम अघि बढाइरहेको छ । अनुसन्धानका क्रममा उनलाई कास्कीबाट रुपन्देही, काठमाडौं, चितवन र पर्सा पुर्याएर बयान लिइएको थियो । हिरासत अवधि थप गर्नका लागि आजको दिनमात्र बाँकी रहेकाले फेरि चार दिनको म्याद थपिन सक्ने सम्भावना छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्रीको पदमा रहेका बेला लामिछानेमाथि उठेका आरोपहरूका सम्बन्धमा प्रहरी अनुसन्धानले डीआईजी छविलाल जोशी, लीला पछाई, रामबहादुर खनाल र कृष्ण गुरुङसमेत संलग्न रहेको पाइएको छ । यी सबै व्यक्तिविरुद्ध पुस ५ भित्र अभियोगपत्र दायर गर्नुपर्ने कानूनी समयसीमा रहेको छ ।

यसअघि संसदीय विशेष छानबिन समितिले सूर्यदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्क प्रालिमा अनियमितताका साथ प्रयोग भएको ठहर गर्दै प्रतिवेदन प्रस्तुत गरेको थियो । अब सरकारी वकिलको कार्यालयले प्रमाणहरूको आधारमा अदालतसमक्ष प्रस्तुत गर्ने तयारी गरिरहेको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया