Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – नेपाल पत्रकार महासंघको नेतृत्वमा पहिलो पटक महिला पुगेकी छन् । शुक्रबार भएको मतदानमा देशभरका ९ हजार बढी पत्रकारहरूले प्रत्यक्ष मतदान गरी निर्मला शर्मालाई अध्यक्षमा निर्वाचित गरेका छन् । प्राप्त अन्तिम मत परिणामअनुसार शर्माले झण्डै एक हजार मतान्तरले निकटतम प्रतिद्वन्द्वी रमेश विष्टलाई हराएकी हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

०५२ सालमा ‘श्री सगरमाथा दैनिक’ बाट पत्रकारिता शुरु गरेकी शर्माले रेडियो नेपाल र रेडियो सगरमाथामा पनि काम गरिन् । रेडियो कान्तिपुर र उज्यालो एफएम नेटवर्कमा पनि कार्यक्रम चलाएकी थिइन् । पछिल्लो समय टेलिभिजन कार्यक्रम ‘समकोण’ की प्रस्तोता रहेकी उनले नेपाली पत्रकार महिलाहरूको संस्था सञ्चारिका समूहको नेतृत्व समेत गरिसकेकी छन् ।

नेपाल पत्रकार महासंघमा खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएर एक कार्यकाल अनुभव बटुलेकी उनी अघिल्लो पटक (२०७७ सालमा) पनि अध्यक्षकी प्रत्यासी थिइन् । त्यतिखेर उनी विपुल पोखरेलसँग पराजित भएकी थिइन् । २०१२ सालमा स्थापित पत्रकार संघको उत्तराधिकारी संस्था नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो महिला अध्यक्षका रूपमा नाम लेखाएकी शर्मा कास्कीको पोखरामा जन्मिएकी हुन् । उनले आईएडसम्मको अध्ययन पोखरामा गरेकी थिइन् ।

यसपालिको निर्वाचनमा शर्मालाई नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साथ थियो । युनियन र चौतारीले संयुक्त प्यानल घोषणा गरेकामा नव निर्वाचित केन्द्रीय कार्यसमितिमा यसै प्यानलको वर्चस्व कायम भएको छ । यस प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, उपाध्यक्ष (महिला) मा नितु पण्डित, उपाध्यक्ष (समावेशी) उमिद बागचन्द र महासचिवमा रामप्रसाद दाहाल निर्वाचित भएका छन् । शर्माका निकटतम प्रतिद्वन्द्वी विष्ट निवर्तमान उपाध्यक्ष हुन् । उनले युनियनबाट विद्रोह गरेर उम्मेदवारी दिएका थिए । उनलाई प्रेस सेन्टरलगायत ६ वटा संगठनको साथ थियो । कोषाध्यक्षमा भने विष्ट नेतृत्वको प्यानलबाट रामकृष्ण अधिकारी निर्वाचित भएका छन् ।

हेर्नुहोस् चुनावी नतिजा :-

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया