Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

टोकियो – जापानका विभिन्न ७ प्रिफेक्चरमा १ सय २५ भन्दा बढी चोरीका घटनामा संलग्न ५ जना पक्राउ परेका छन् । मियागी, यामागाता र इबाराकी प्रिफेक्चरको प्रहरीले ७ प्रिफेक्चरमा भएको व्यापक चोरीको घटनामा संलग्न ५ भियतनामी पुरुषलाई पक्राउ गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

ती व्यक्तिहरूले नगद र गरगहना गरेर १ करोड ३६ लाख येन चोरी गरेको आरोप छ । यो समूहले गत फेब्रुअरीदेखि जुनसम्म १ सय २५ घरमा चोरी गरेका थिए । मियागी प्रिफेक्चरल प्रहरीका अनुसार ती पाँचजना एकअर्काका परिचित हुन् । उनीहरू ग्यास बर्नरको प्रयोग गरी सिसा तताएर फुटाउने (याकिरी भनिने) विधि अपनाई खाली घरमा प्रवेश गर्ने गरेको खुलेको छ ।

प्रहरीले जानकारी दिएअनुसार, चोरी गरिएका सामानहरू उनीहरूले बेचेर दैनिक खर्च र मनोरञ्जनका लागि प्रयोग गरेका थिए ।

प्रहरीका अनुसार, सात प्रिफेक्चरमा भएको चोरीको विवरण यस प्रकार छ:-

  • मियागी: ८ घटना
  • यामागाता: १७ घटना
  • इबाराकी: १० घटना
  • तोचिगी: ३ घटना
  • साइतामा: ४२ घटना
  • चिबा: २८ घटना
  • निगाता: १७ घटना

ती पाँचजना आरोपितलाई जुन महिनामा सेन्दाईमा रहेको एउटा खाली घरभित्र भेटिएपछि पक्राउ गरिएको थियो । प्रहरीका अनुसार समूहले झारपातले भरिएको बगैंचा भएका घर र गैराजमा गाडी नभएका घरलाई मुख्य रूपमा लक्ष्य बनाएको थियो । मियागी प्रिफेक्चरल प्रहरीले भनेअनुसार उनीहरूलाई सेन्दाई जिल्ला अदालतमा मुद्दा चलाइनेछ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया