Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार अल्लू अर्जुनलाई तेलंगाना उच्च अदालतले जमानतमा रिहा गरेको छ । हैदरावादको सन्ध्या थियटरमा ‘पुष्पा २: द रूल’ चलचित्रको प्रिमियर शोको क्रममा भागदौड मच्चिँदा ३५ वर्षकी महिलाको मृत्यु भएपछि पक्राउ परेका उनलाई शुक्रबार अदालतले रिहा गर्न आदेश दिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसअघि हैदरावाद अदालतले उनलाई १४ दिनको न्यायिक हिरासतमा पठाउने आदेश दिएको थियो । अल्लूका वकिलहरूले उक्त आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएका थिए, जसको सुनुवाइपछि उनलाई जमानत दिइएको हो ।

अल्लूलाई जुबली हिलस्थित घरबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउका क्रममा प्रहरीले गरेको व्यवहारप्रति अल्लूले अदालतमा आपत्ति जनाउँदै आफूलाई चिया नास्ता गर्न समेत नदिएको र कपडा परिवर्तन गर्ने मौका पनि नदिएको बताएका थिए ।

घटनाप्रति भारतीय कलाकार तथा नेताहरूले विरोध जनाउँदै अल्लूलाई अन्यायपूर्ण रूपमा हिरासतमा राखिएको बताएका थिए । उच्च अदालतले घटनामा अल्लूलाई मात्र दोषी ठहर गर्न नमिल्ने भन्दै उनलाई रिहा गर्न आदेश दिएको हो । साथै अदालतले अल्लूको पनि अन्य नागरिकसरह स्वतन्त्रताको अधिकार रहेको बताएको छ ।

चलचित्र प्रिमियरका क्रममा भएको दुःखद घटनाले सबैलाई स्तब्ध बनाएको भए पनि यो विषयमा एकपक्षीय रूपमा निर्णय लिन नमिल्ने उच्च अदालतको भनाइ छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया