समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाल राष्ट्र बैंकले शनिबारको लागि विदेशी मुद्राहरुको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनार लगायत धेरै विदेशी मुद्राको मूल्य घटेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिद दर एक सय ३५ रुपैयाँ ३७ पैसा र बिक्री दर एक सय ३५ रुपैयाँ ९७ पैसा छ। शुक्रबारको तुलनामा डलरको मूल्य आज थोरै घटेको हो। हिजो यो दर क्रमशः एक सय ३५ रुपैयाँ ४८ पैसा र एक सय ३६ रुपैयाँ ०८ पैसा थियो।
युरोको आजको खरिददर एक सय ४२ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ४२ रुपैयाँ ६५ पैसा छ, जुन हिजोको भन्दा केही घटेको छ। पाउन्ड स्ट्रर्लिङको खरिददर एक सय ७१ रुपैयाँ २८ पैसा र बिक्री दर एक सय ७२ रुपैयाँ ०४ पैसा पुगेको छ।
यस्तै, अस्ट्रेलियन डलरको खरिद दर ८६ रुपैयाँ ३५ पैसा र बिक्री दर ८६ रुपैयाँ ६३ पैसा रहेको छ। कुवेती दिनारको खरिददर चार सय ३९ रुपैयाँ ७१ पैसा र बिक्रीदर चार सय ४१ रुपैयाँ ६५ पैसा छ। बहराइन दिनार पनि सामान्य घटावटसहित आजको खरिददर तीन सय ५८ रुपैयाँ ८८ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ४७ पैसा कायम भएको छ। त्यस्तै, जापानी येन १० को खरिददर आठ रुपैयाँ ८२ पैसा र बिक्रीदर आठ रुपैयाँ ८५ पैसा रहेजो राष्ट्र बैंकले जनाएको छ।