Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी भारत भ्रमणलाई मध्यनजर गर्दै आन्तरिक तयारी तीव्र बनाइएको छ । सोही सन्दर्भमा परराष्ट्रमन्त्री डा. आरजु राणा (देउवा) पुस ३ गते दिल्ली जाने कार्यक्रम रहेको छ । हाल युरोप भ्रमणमा रहेकी राणा उतैबाट दिल्ली प्रस्थान गर्नेछिन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पुस ५ गते दिल्लीमा आयोजना हुने इन्ड-नेपाल इकोनोमिक कन्फरेन्समा सहभागी हुन राणा दिल्ली जाँदैछिन् । उक्त अवसरमा उनले भारतका विदेशमन्त्री एस. जयशंकरलगायत उच्चस्तरीय नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । भेटका क्रममा प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी र त्यससँग सम्बन्धित छलफल हुने बताइएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीको भारत भ्रमण जनवरी २०२५ को पहिलो वा दोस्रो साताभित्र हुने सम्भावना रहेको छ । नेपालस्थित भारतीय दूतावाससँग समन्वय गर्दै आवश्यक तयारी गरिरहेको मन्त्रालयले जनाएको छ । ओलीको भारत भ्रमण तयारीकै बीच भारतीय राजदूत नवीन श्रीवास्तव दिल्ली पुगेका छन् । उनको भ्रमण पनि दुई देशबीचको उच्चस्तरीय भेटघाट र समन्वयसँग सम्बन्धित रहेको बताइएको छ ।

यसअघि, भारतबाट निमन्त्रणा प्राप्त नभएका कारण प्रधानमन्त्री ओली चीन भ्रमणमा गएका थिए । भारतले समयमै निमन्त्रणा दिएको भए उनी चीनभन्दा पहिला भारत जाने योजना बनाएको उच्च स्रोतले संकेत गरेको छ । चीन भ्रमणपछि प्रधानमन्त्री ओलीले चाँडै भारत भ्रमणमा जाने प्रतिबद्धता सार्वजनिक गरेका थिए ।

परराष्ट्रमन्त्री आरजु राणा मंसिर २२ गते नेदरल्याण्डको भ्रमणमा प्रस्थान गरेकी थिइन् । हेगमा आयोजना भएको कार्यक्रममा सहभागी भएपछि उनले युरोपका केही देशहरूको भ्रमण गरेकी थिइन् । त्यही यात्रा समाप्त गरी उनी दिल्ली जाने तयारीमा छिन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया