Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

टोकियो – जापानको फ़ुकुओकालाई लामो समयदेखि कर्मथलो बनाउँदै आएका गायक/सर्जक माधव सिग्देल नयाँ गीत सार्वजनिक भएको छ । सिग्देलको आफ्नै अफिसियल युट्युब च्यानलमार्फत ‘भाग्यमानी…’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

अर्जुन सुवेदीको शब्द, सूर्य खड्काको लयमा रहेको गीतमा माधव सिग्देल र कल्पना दाहालको आवाज रहेको छ । विनोद बाजुरालीले एरेन्ज गरेको उक्त गीतमा जीवन कुमार ज्ञवालीले भिडिओ निर्देशन गरेका छन् । भिडिओ छायांकन दुर्गा पौडेल र सम्पादन नवीन घर्ती मगरले गरेका हुन् । गीतको भिडिओमा लोमस शर्मा र अस्मिता रनपालको अभिनय देख्न सकिन्छ ।

केटा : बुझेऊ नि सानीले, बुद्धि आउँछ तनहुँको पानीले ।
          काले काले भानि तनहुँमा जन्मिएसी यसै भाग्यमानी ।।

केटी : कोट लाउँदा टाँक नलाऊ, बाग्लुङ्गेलाई यतिकै धक नलाऊ ।
          काली काली भानि बाग्लुङमा जन्मिएसी यसै भाग्यमानी ।।

गायक सिग्देल तनहुँ किहुँ वारिकोटमा जन्मिएका हुन् । आफू जुन ठाउँमा जन्मियो त्यहीँको माया अनि आफूलाई भाग्यमानी ठान्नु स्वाभाविक नै हो । गीतमा तनहुँ र बाग्लुङलाई जोडीएपनि जुन जिल्लामा जन्मियो उही भाग्यमानी हो भन्छन्- गायक सिग्देल । माया-प्रेम र जन्मभूमिको मायालाई सुन्दर ढंगले प्रस्तुत गरिएको गीत दर्शक/श्रोता ले मन पराउने अपेक्षा गरिएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया